आज:  | Thu, 28, Mar, 2024

कबड्डी कबड्डी कबड्डी ले कमायो ३ दिनमा ४ करोड ३२ लाख

२०७६, ६ आश्विन सोमबार १२:५६ मा प्रकाशित ( ४ साल अघि) १७२३७ पाठक संख्या

गएको शुक्रबारबाट अल नेपाल प्रदर्शनमा आएको रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ ले अहिले नेपाली सिनेमा क्षेत्रमा खुशी र उत्साहको माहोल छाएकोछ आमदर्शक देखी फिल्म मेकरसम्मले नेपाली सिनेमा कबड्डी कबड्डी कबड्डी को आक्रमक व्यापार गरेको देखेर निकै उत्साही रहेका छन् ।
यो सिनेमाले ३ दिनको ४ करोड ३२ लाख ग्रस कलेक्सन गरेको छ सर्वाधिक शो र अत्याधिक वर्ड अफ माउथ को प्रभावबाट फिल्मको कलेक्सनमा उछाल मारेको हो आइतबार पनी बक्स अफिसमा १ करोड भन्दा बढी कमाई गर्ने सिनेमा बनेकोछ ।
कलाकारहरु नायक दयाहाङ राई, नायिका उपासनासिंह ठकुरी, कलाकार विल्सन विक्रम राई, कर्मा शाक्य, बुद्धि तामाङ, रिश्मा गुरुङ, माओत्से गुरुङ, विजय बराल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
दर्शकको यही चाप रहेको अबस्था दसैं बिदालाई पनी राम्रो अवसरको रूपमा लिने गरी निर्माण टीम दाऊ कुरेर बसेका छन स्मरण रहोस दसैंमा अशोक शर्माको रातो टिका निधारमा चल्दैछ ।

खबर एक्सप्रेस