आज:  | Fri, 12, Apr, 2024

सदाबहार अभिनेत्री करिश्मा मानन्धर मिसेस नेपाल इन्टरनेशनल उपाधिबाट सम्मानित

२०७६, ५ आश्विन आईतवार २२:२८ मा प्रकाशित ( ४ साल अघि) १३८८९ पाठक संख्या

नेपाली सिनेमा क्षेत्र कि सर्बाधिक सफल सदाबहार अभिनेत्री करिश्मा मानन्धरलाई रिवन इन्टरटेनमेन्टले मानार्थ मिसेस नेपाल इन्टरनेशनल उपाधिबाट सम्मानित गरिएकोछ । उनलाई नेपाली सेनाका पूर्व प्रधानसेनापति रुकमाङ्गद कट्वाल र अभिनेता राजेश हमालले अभिनेत्री करिश्मा मानन्धरलाई क्राउन लगाइदिएका थिए ।
हरेक बर्ष सौन्दर्य प्रतियोगिता गर्दै आएकोमा यो बर्ष भने महेन्द्रनगरबाट भाविषा कोइराला चटौतले पाँचौ ‘मिसेस नेपाल इन्टरनेशनल’को उपाधि पाउन सफल भएकी छिन ।
हाल अभिनेत्री करिश्मा मानन्धर सामाजिक क्षेत्रमा निकै सक्रियता बढाईरहेकी छिन भने यो बर्ष मात्र SEE को परिक्षामा सफल भएकी छिन । यो कार्यलाई सबैले प्रेरणाको रुपमा लिएका छन्

खबर एक्सप्रेस