आज:  | Fri, 26, Apr, 2024

एनआरएनए सम्मेलनमा राप्रपा समर्थितको भोट निर्णायक

२०७६, ५ आश्विन आईतवार ०८:४१ मा प्रकाशित ( ४ साल अघि) २९४८२ पाठक संख्या

गैरआवासीय नेपाली सघ (एनआरएनए) को आगामी सम्मेलन अक्टोबर १३ देखि १६ सम्म काठमाडौँमा हुँदैछ । आउने सम्मेलनको मिती नजिकिदै गर्दा उम्मेदवारहरूको चर्चा तिब्रताका साथ चलिरहेको छ ।
यसपटकको सम्मेलनका लागि प्रभावशाली देशहरूबाट राप्रपा समर्थित धेरै प्रतिनिधी चुनिएर आएका छन । त्यसकारणले पनि यो सम्मेलनमा उनीहरूको भोट निर्णायक हुने बताइन्छ। अहिलेका उपाध्यक्ष कुमार पन्तले अध्यक्षको उम्मेदवारी घोषणा गरिसकेका छन् भनेअरू पदमा पनि उम्मेदवारी घोषणाको क्रमस हुँदैछ । हालका अध्यक्ष भवन भट्ट आफू दोहोरिन चाहेको पनि चर्चा निकैछ ।
यसपटकको निर्वाचनमा राप्रपा समर्थित प्रबासी नेपालीको भोट निर्णायक जस्तै देखिन्छ। किनकी राप्रपाले धेरै मुलुकमा प्रवासी नेपाली एकता समाज गठन गरेर विश्वभरमा आफ्नो बलियो उपस्थिति जनाएको छ, यो सङ्गठनलाई प्रबासमा सबैले दिँदै आएका छन् ।
यसबारे राप्रपा प्रवास विभागका प्रमुख विजय खड्काले भने राप्रपाराष्ट्रवादी पार्टी हो प्रबासी नेपाली साथीहरुमा बढी राष्ट्रवादी भएकोले पनि हाम्रो बलियो पकड बनिरहेकोछ आगामी सम्मेलनमा हाम्रो बलियो अनी निर्णयक भूमिका रहने छ हामी यसका लागि कस्तो भूमिका खेल्ने र क़स्तो रणनीतिमा काम गर्ने अहिले तिब्रगतीमा विश्वभरका साथीहरूसँग छलफल चलिरहेको बताए ।
यो पटक अधिकांश देशबाट राप्रपा समर्थितहरु एनआरएनएको प्रतिनिधी चुनिएर आऊने भएकोले राप्रपाले प्रबासमा बालियो उपस्थिति जनाएको प्रस्ट देखिन्छ । राप्रपाका अध्यक्ष कमल थापाले प्रबासी नेपालीहरूलाई आमचुनाबमा भोट हाल्न मिल्ने ब्यबस्था गर्नको लागी दरिलो आवाज उठाऊँदै आऊनु भयकोछ ।

खबर एक्सप्रेस