आज:  | Thu, 18, Apr, 2024

नेपाली सिनेमा कबड्डी कबड्डी कबड्डी को आक्रमक व्यापार

२०७६, ४ आश्विन शनिबार १८:३१ मा प्रकाशित ( ४ साल अघि) १३६७२ पाठक संख्या

नेपाली सिनेमा क्षेत्रमा अहिले खुशीको माहोल छाएकोछ आमदर्शक देखी फिल्म मेकरसम्मले नेपाली सिनेमा कबड्डी कबड्डी कबड्डी को आक्रमक व्यापार गरेको देखेर निकै उत्साही रहेका छन् ।

यो सिनेमा रिलिज भएको पहिलो दिन शुक्रबार १ करोड ४७ लाख ग्रस कलेक्सन र आज शनिबार देशभर हाउसफुल रहेको सिनेको ग्रस कलेक्सन हिजो भन्दा आज धेरै हुने अनुमान गरीएको छ । शनिबार फिल्म का कलाकारहरु नायक दयाहाङ राई, नायिका उपासनासिंह ठकुरी, कलाकार बुद्धि तामाङ, विल्सन विक्रम राई, निर्देशक रामबाबु गुरुङ राजधानीका हलहरुमा पुगेर दर्शकसँग भलाकुसारी गरेका थिए ।

 

खबर एक्सप्रेस