आज:  | Fri, 29, Mar, 2024

महेन्द्रबहादुर शाहीले एक रुपैयाँमा तीन दाना स्याऊ बेच्छन

२०७६, २५ भाद्र बुधबार २२:४५ मा प्रकाशित ( ४ साल अघि) १४५५३ पाठक संख्या

बाजुरा खापर गाउँपालिका–३ जुकोटका महेन्द्रबहादुर शाहीले १५ वर्ष अघी स्याउखेती गर्न थालेका हुन अहिले बारीमा करीब १२ सय जती स्याउका बोट छन् । बारीमा लटरम्म स्याउ फलेका छन् तर बजार नपाएर स्याउ त्यतीकै खेर गइरहेका छन् उनले एक रुपैयाँमा तीन दाना दिने बिक्री गर्दछन।

लाखौं मूल्य पर्ने स्याउ हरेक बर्ष खेर जाने गरेको उनी बताउछन्    बजार निकै टाढा छ पर्छ किन्न कोही आउँदैन, भरिया मार्फत बोकाएर पुर्‍याउन सकिँदैन, यतीकै खेर जाने गर्छन् भारी बोकाएर जिल्ला सदरमुकाम कोल्टी बजारसम्म जान दुई दिन लाग्छ ।गाउँपालिकाले किलोको १५ रुपैयाँ तोकेको छ तर किन्न कोही आउँदैन दानाकै हिसाबले बेच्ने गरेको उनी बताउछन्

खबर एक्सप्रेस