आज:  | Sat, 13, Apr, 2024

नेपालगंजदेखी भारतको लखनउसम्म सिधा बस सेवा शुरु।

२०७६, २२ भाद्र आईतवार १३:३८ मा प्रकाशित ( ४ साल अघि) २५१५९ पाठक संख्या

नेपालगन्ज भेरी यातायात प्रालिले आजदेखी देखि बाकेको नेपालगन्जबाट भारतको रुपैडिहा हुँदै उत्तरप्रदेशको राजधानी लखनउसम्म सिधा बस सेवा शुरु गरेकोछ । नेपाली नम्बरको बस लखनउसम्म र लखनउबाट नेपालगन्जसम्मका संचालनहुनेछ

आज विहान नेपालगन्ज भेरी यातायात प्रालिको कार्यालय अगाडी एक औपचारिक कार्यक्रमका विच नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शमसेर राणा र नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले हरियो झण्डा देखाएर सामुहिक रुपमा सो बस सेवाको शुभारम्भ गरे । पहिलो दिन लखनउको यात्रा गर्ने यात्रुहरुलाई अबिर र माला लगाएर विदाई पनि गरेका थिए ।नेपालगन्जबाट विहान ८ बजे र लखनउको केशरबागबाट राती सवा ९ बजे बस छुट्नेछ ।

खबर एक्सप्रेस