आज:  | Sat, 20, Apr, 2024

वाग्मती सफाईको ३३०औ हप्तामा मुख्यअभियन्ता लीलामणी पौड्यालको सहभागीता

२०७६, २१ भाद्र शनिबार १०:३० मा प्रकाशित ( ४ साल अघि) १६६४२ पाठक संख्या

२०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ महा अभियान देशको सबैभन्दा ठुलो र लामो महा अभियान हो, वाग्मती सफाइ महाअभियानको ३३०अौ हप्ताको सफाइ अभियान सम्पन्न भएकोछ, आजको अभियानमा यसका मुख्य अभियन्ता नेपाल सरकारका तत्कालिन मुख्य सचिब लीलामणी पौड्यालको पनि सहभागीता रहेको थियो l

तत्कालिन समयमा वहा कै पूर्ण सहयोग पाएर महा अभियानको रुपले तिब्र गती लिएको थियो भने यो अभियान कै कारण सफाइ अभियानले हिजो आज देशब्यापी रुप लिएकोछ बिगत ७ बर्षदेखी यो अभियानले तिब्रगतीमा काम गरेको कारण नागरिकहरुको सचेतना जगाएको कारण र सरकारी निकाएलाई घचघचाएको कारण अहिले वाग्मतीमा परिबर्तन आउँदै गरेको कुरा स्थानिय नागरिक जनप्रतिनिधीहरु बताउछन् अहिले वाग्मती सफा हुँदै गर्दा बागमतीको पानी अझै नुहाउनयोग्य भएको छैन । हालसम्म अभियानमा संलग्न करीब १० लाख स्वयंसेवीबाट १८ हजार मेट्रिक टन ठोस फोहोर नदीबाट निकालिएको कुरा अभियन्ताहरु बताउछन् !

ढलको समस्या र सुकुम्बासी व्यवस्थापनको ठुलो समस्याका कारण् ठोस् रुपमा काम गर्न नसकेकोले केही समस्याहरु देखा परेका छन् तर पनि यो महाअभियानका कारण अहिले देशैभरि नदीनाला सफा गर्ने उत्प्रेरणाका कार्यक्रम निरन्तर चलीरहेका छन् । काठमान्डौका करिब १४ स्थान र राजधानी बाहिर करीब    १०० भन्दा बढी स्थानमा नदी तथा शहर सफाइ अभियान सञ्चालन भएका छन !

स्थानीय सरकारले सफाइको जिम्मेवारी लिएर जसले फोहोर गरेका छन् तिनैलाई सचेत गराउने अनी कारबाही गरे मात्र वाग्मती सफाइ महाअभियान सफल पार्न सकिन्छ भन्नेमा अभियन्ताहरुले विश्वास राख्दछन् तर स्थानिय सरकार यसमा खरो लाग्न सकेकोछैन, नदीनाला देशका सभ्यता,धरोहर हुन् यिनलाई फोहोरमा परिणत गरेर हामी आफ्नै सभ्यतामाथि प्रहार गरिरहेकाछौं भन्ने तर्फ अभियानले सचेतना जगाउदै अाइरहेकोछ ! तस्वीर:अभियान्ताहरूको सामाजिक संजालबाट

खबर एक्सप्रेस