आज:  | Fri, 19, Apr, 2024

माननिय कोमल ओलीको सकृयतामा झोलुंगे पुलको सर्वे

२०७६, २० भाद्र शुक्रबार २२:४० मा प्रकाशित ( ४ साल अघि) १५०२२ पाठक संख्या

राष्ट्रियसभा सदस्यमा निकै कृयाशिल नाम हो कोमल अोली वहाले राष्ट्रियसभाका सबै जसो बैठकमा देशका जल्दा बल्दा समस्या, त्यस्को निकास र जनताको चासो, गुनासो र चाहाना एब समसामयिक बिषयमा सरकारको ध्यानाकर्शन गर्दै आउनु भएकोछ l 

आफ्नो निर्बाचन क्षेत्रमा नियमित भ्रमण गरी जनताका समस्या सुन्ने सम्बोधन गर्ने काम गर्दै आउनु भएकोछ दाङ भ्रमण कै क्रममा वहाको पहलमा दाङको तुलसीपुर ११ मोतिपुर र दंगीशरण गाउँपालिका २ जोड्ने बबई नदीमा झोलुंगे पुल निर्माण हुने भएकोछ । त्यसका माननिय ओलीसहितको ईञ्जिनियरको टोलीले सर्वे गरेकोछ, ईञ्जिनियरका अनुसार उक्त क्षेत्रमा करिब ४०० मिटर लामो झोलुंगे पुल निर्माण हुन लागेको हो ।शुक्रबार सर्वे भएको उक्त पुलको केही समयमा नै डिपिआर तयार हुने समेत बताउदै त्यहाँ झोलुंगे पुल नहुँदा नागरिकले आवतजावत गर्नमा ठुलो समस्या भएकोले प्रक्रिया अघि बढाएको सांसद ओलीको भनाई थियो ।

खबर एक्सप्रेस