आज:  | Thu, 28, Mar, 2024

प्रधानमन्त्री ओली आज स्वदेश फिर्ता

२०७६, २० भाद्र शुक्रबार १४:३२ मा प्रकाशित ( ४ साल अघि) १२६१३ पाठक संख्या

प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौलामा प्रत्यारोपण गरिएकोमा हाल केही समस्या देखिएपछि उहाँको उपचार हुँदै आएकोछ । गत साउन १८ गते उपचारको लागि सिंगापुर जानुभएको थियो । स्वदेश फर्के लगतै फेरी समस्या भएपछी थप उपचारका लागि गत ५ गते प्रधानमन्त्री ओली सिगापुर जानुभएको थियो, सिंगापुरमा नेशनल युनिभर्सिटी अस्पतालमा सात चरणमा प्लाज्मा फेरसिस विधीबाट मिर्गौलाको उपचार गरिएको थियो भने शरिरमा एण्डिबडीको मात्रा बढेकाले मिर्गौलामा केही समस्या देखिएको र अहिले एण्टिबडी घटाउनकै लागि प्लाज्मा फेरसिस विधीबाट उपचार गरिएको उहाँका निजी चिकित्सक डा.दिव्या सिंह शाहले जानकारी दिनुभयो । हाल प्रधानमन्त्रीको स्वास्थ्य स्थिती सामान्य रहेको पनि उहाँले बताउनुभएको छ ।

खबर एक्सप्रेस