आज:  | Sat, 13, Apr, 2024

सरकारी काम कहिले जाला घाम ?

२०७६, १२ भाद्र बिहीबार २०:३२ मा प्रकाशित ( ४ साल अघि) ३४०९६ पाठक संख्या

हाम्रा अग्रजहरूले भन्ने गर्दथे, सरकारी काम कैले जाला घाम ? हो- साँचै  यो भनाई हिजो जति समय सान्दर्भिक थियो I आज पनि उस्तै छ I मान्छेलाई सरकारी काम भन्ने बित्तिकै टाउको दुखेर आउने गर्छ I नदुखोस पनि किन ? समयमा कार्यालयमा कर्मचारी भेट्टीदैनन I प्रक्रियाका बारेमा बुझाउने कोही हुदैनन I झन्झटिलो प्रक्रिया माथि कर्मचारीको झर्को फर्को उफ् ! सरकारी काम I

यो दृश्य बुधवार खबर एक्सप्रेसको समूह सुन्धारा स्थित नेपाल टेलिकममा पुग्दाको हो I जहाँ हरेक प्रकारका; पढेका, नपढेका तथा देशका विभिन्न भाग, भेगका मानिस टेलिकम सम्बन्धी सेवा लिन पुग्ने गर्दछन् I र त्यहाँका कर्मचारीको जिम्मेवारी भनेको ती सम्पूर्ण सेवाग्राही लाई आफ्नू तर्फको सेवा दिनु हो I तर सुन्धारा स्थित नेपाल टेलिकममा हामी पुग्दा सेवाग्राही अल्मल्लिरहेका थिए भने- सायक कक्षमा रहनु भएका कर्मचारीलाई भने कम्प्युटरमा समाचार हेर्ने फुर्सद थिएन I ती सेवाग्राहीको असहजता प्रति उहाँको कुनै सरोकार नभए झैँ देखिन्थियो I

सँगै सुन्दर दृश्य पनि देख्न सकिन्थियो I कार्यालयको सुरक्षाका निम्ति खाट्टीएकि सुरक्षा कर्मीले भने सेवा ग्राहीको फारम समेत भर्दिरहेकी थिन I उनले केवल आफ्नू जिम्मेवारी वा कर्तव्य मात्र निभाई रहेकी थिनन I उनले त्यहाँ एक प्रकारले कर्लायायको अस्मिता समेत बचाई रहेकी थिइन I हामी पनि सेवाग्राही कै रूपमा त्यहाँ पुगेका थियौ I हामीलाई पनि उनले हसाउदै सहयोग गरिन I मनै बाट धन्यवाद दिदी भन्न मन लाग्यो र धन्यवाद दिदी भनेर त्यही सायक कक्ष हुँदै निस्कियौ I तब त्यहाँ सायक कक्ष कर्मचारी नै थिएनन् I  

यसको नियम गर्ने जिम्मेवारी कसको ? कार्यालय प्रशासनको, सरकारको या जनता या नागरिकको ?  

खबर एक्सप्रेस