आज:  | Mon, 15, Apr, 2024

नरभक्षी बाघलाई नियन्त्रणमा लिइयो

२०७६, ९ भाद्र सोमबार १०:५२ मा प्रकाशित ( ४ साल अघि) ३४१९८ पाठक संख्या

बर्दियाको भुरीगाउमा नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको  क़ुरा प्रमुख ज़िल्ला अधिकारी प्रामबहादुर कुरुम्बाङ्गबाट जानकारी प्राप्त भयकोछ स्मरण रहोस यो बाघको आक्रमणबाट बर्दियाका ५६ वर्षीय रामकली शाहीलाई र स्थानीय ७० वर्षीय पहरिया थारुको मृत्यु भएको थियो । दुईदिनको अन्तरालमा जिल्लामा बाघको आक्रमणमा परि दुईजनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय बर्दिया र राष्ट्रिय निकुञ्ज बर्दियाले सवैलाई सजग र सचेत रहन आग्रह गरेकोछ ।

जिल्ला प्रशासन कार्यालय बर्दियाले आईतबार सार्वजनिक सूचना जारी गर्दै मध्यवर्ती क्षेत्रबाट बाघ हटाउने प्रयास भइरहेको जनाएकोछ । राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रबाट बाघको खोजी गर्दै बाघ हटाउने प्रयास भइरहेको भएपनि बाघको आक्रमणको जोखिम सो क्षेत्रमा अझै पनि भएकोले सजग र सचेत हुन प्रमुख जिल्ला अधिकारीले बताय । बाँके र बर्दियामा बाघले आक्रमण गर्ने क्रम बढेसँगै स्थानीय त्रसित बनेका छन् । निकुञ्जमा पाटेबाघको संख्या बढेपछि मानवसँगको द्वन्द्व बढ्न थालेकाले न्यूनीकरणका लागि निकुञ्जले पहल गर्नुपर्ने स्थानीयको माग छ ।

वन्यजन्तुको आक्रमणमा परी ज्यान गुमाउने परिवारलाई सरकारले १० लाख रुपैयाँ उपलब्ध गराउने गरेको छ । सरकारको तथ्यांक अनुसार बर्दिया राष्ट्रिय निकुञ्ज ८७ वटा र बाँके राष्ट्रिय निकुञ्ज २१ वटा बाघ रहेका छन् ।

खबर एक्सप्रेस