आज:  | Tue, 16, Apr, 2024

जथाभावी फोहोर फाले अभियन्ताको कडा कारबाहीमा पर्नुहोला।

२०७६, ७ भाद्र शनिबार १६:५९ मा प्रकाशित ( ४ साल अघि) ३६४३१ पाठक संख्या

वाग्मती सफाइ महा अभियानको ३२८औं हप्ता आज सम्पन्न भएकोछ।

२०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ महा अभियान देशको सबैभन्दा ठुलो र लामो अभियान हो l 

कलकल र कञ्चन बग्ने वाग्मती बगाउने अठोट लिएर अहिले अभियान चल्दै आएकोछ अभियन्ताहरु लागि परेका छन् जसका कारण वाग्मतीमा परिबर्तनको आभास भैरहेकोछ l 

अहिले वाग्मती आसपास धेरै मात्रामा सफा पनि भएकोछ । 

तर आर्यघाटदेखि तल नुहाउनयोग्य अझै भएको छैन । हालसम्म अभियानमा संलग्न करीब १० लाख स्वयंसेवीबाट १८ हजार मेट्रिक टन ठोस फोहोर नदीबाट निकालिएको छ ।

ढलको समस्या र सुकुम्बासी व्यवस्थापनको ठुलो समस्या सरकारले ठोस् रुपमा काम गर्न नसकेको कारण केही समस्या देखा परेका छन् यो महा अभियानका कारण देशैभरि नदीनाला सफा गर्ने उत्प्रेरणा जगाएकोछ । 

आज अनुगमनका क्रममा ललितपुर कुपोन्डोल नजिक बागमती किनारमा ललितपुर तर्फको भागमा पैसा लिएर फोहोर संकलन गर्दै आएको महिला बाताबरण समुहले जथाभावी सडक किनारमा फोहोर फाल्दै आएकोमा अभियन्ताले आज सचेत गराएका छन् तर संचालिका अन्जु शाहले फोहोरलाई ब्यवस्थापन गर्न अटेर गरेकी छन् त्यो कार्य प्रती अभियन्ताहरु कडा रुपमा प्रस्तुत भएका थिए। फिल्डैबाट फोन संपर्क गरी ललितपुर महानगरपालिका उपमेयर गीता सत्याललाई उक्त कार्यको तुरुन्त अनुगमन तथा ठोस् कारबाही गर्न माग गरेका छन् । अबका दिनमा स्थानिय सरकार र प्रशासनको सहयोग लिएर जथाभावी फोहोर फाल्ने र अटेर गर्नेलाई कडा कारबाही गर्ने गरी अभियन्ता लागि पर्ने बताएका छन् ।

खबर एक्सप्रेस