आज:  | Sun, 21, Apr, 2024

नझुक्कीनु होला अब संसारको अग्लो ताल तिलिचो हैन सिंगर हो

२०७६, १० श्रावण शुक्रबार १२:५६ मा प्रकाशित ( ४ साल अघि) ४६५८२ पाठक संख्या

संसारको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल (४९१९ मिटर) थियो भने अब नयाँ ताल भेटीएकोछ लमजुङ कैलाश (लमजुङ हिमाल) बेसक्याम्प नजिकै रहेको यो ताल कजिन सारा लेक त्रिकोण आकारमा रहेको ताल मनमोहक ५ हजार २ मिटर उचाइमा उक्त ताल रहेकोछ चामे गाउँपालिका ४ मा रहेकोछ ll 

अब यो ताल नै संसारको सबैभन्दा अग्लो स्थानमा रहेको ताल हुनेछ l सरकारले आधिकारिक पुष्टि गर्न भने बाँकी छ । तालको लम्बाइ करिब डेढ किलोमिटर र चौडाइ करिब ६ सय मिटर रहेको अनुमान छ । गहिराइ भने अनुमान गर्न सकिएको छैन । उक्त क्षेत्रलाई ‘सिंगर’ भनिएकाले स्थानीयले तालको नाम पनि ‘सिंगर’ राखेका छन् । स्थानीयले याक, चौंरी एवं भेडा चराउने खर्कलाई सिंगर भन्ने गरेकोछ ताल चामेबाट २४ किलोमिटरको दूरीमा रहेकोछ l 

खबर एक्सप्रेस