आज:  | Wed, 24, Apr, 2024

जापानले ६३ करोड ९९ लाख अनुदान दिने

२०७६, ६ श्रावण सोमबार १६:२८ मा प्रकाशित ( ४ साल अघि) ४१००८ पाठक संख्या

नेपाललाई जापान सरकारले विद्यालय क्षेत्र सुधार कार्यक्रम यबम मानव संशोधन विकास परियोजना कार्यान्वयनको लागि ६३ करोड ९९ लाख अनुदान दिने भएकोछ ।

अर्थ मन्त्रालयमा सोमबार आयोजित सम्झौतापत्रमा हस्तान्तरण कार्यक्रमममा नेपालका लागि जापानका राजदूत मासामिची साइगो र अर्थ सचिव राजन खनालले हस्ताक्षर गर्नुभयो ।

ती सम्झौता कार्यान्वयन गर्ने सम्बन्धी जापानी सहयोग नियोग जाइका का प्रमुख प्रतिनिधि युमिको आशाकुमा र अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले हस्ताक्षर गर्नुभयो ।

कार्यक्रममा मन्तव्य दिदै राजदूत साइगोले दिगो विकासमा लक्ष्य हासिल गर्ने तथा ‘समृद्ध नेपाल, खुशी नेपालीको परिकल्पना साकार पार्न वर्तमान सरकारले लिएको उद्देश्यमा सानो सहयोग गर्न पाएकामा खुशी ब्यक्त गर्नुभयो।

अर्थ सचिव खनालले नेपालको सामाजिक,आर्थिक विकासका लागि जापानबाट निरन्तर सहयोग प्राप्त भएकामा आभार सहित धन्यबाद व्यक्त गर्नुभयो । 

खबर एक्सप्रेस