आज:  | Sat, 20, Apr, 2024

पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग नेपालका प्रधानमन्त्रीले केही सिकुन

२०७६, ५ श्रावण आईतवार ०७:२५ मा प्रकाशित ( ४ साल अघि) ३५८४५ पाठक संख्या

पाकिस्तानका प्रधानमन्त्री इमरान खान अमेरिकाको ३ दिने भ्रमणका लागि शनिबार वासिङ्टन पुगेका छन् l 

प्रधानमन्त्री भएपछी पहिलो पटक अमेरिका भ्रमणमा जादा कमर्सियल फ्लाइट प्रयोग गरेका छन् उनी कतार एयरवेजको नियमित उडानबाट कतारको दोहा हुँदै अमेरिका पुगे ।

आर्थिक संकटसँग निकै जुधिरहेको आफ्नो देशलाई भार कम गर्न भन्दै प्रधानमन्त्री चार्टर्ड विमान नगरि कमर्सियल फ्लाइटमा अमेरिका गएका गए l वाससिङटनमा बस्दा पनि पाँचतारे होटलमा नबसी राजदूत निवासमा बसेका छन्।

अन्तर्राष्ट्रिय मुद्रा कोषको कार्यकारी बोर्डले ओह्रालो लागिरहेको पाकिस्तानी अर्थतन्त्रलाई बलियो बनाउन ६ अर्ब अमेरिकी डलर सहयोग केही दिनअघि स्वीकृत गरेको छ। कोषले उक्त सहायताका लागि सरकारले कडा आर्थिक अनुशासन पालन गर्नुपर्ने सर्त राखेको छ।

सोमबार खानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग एक्लाएक्लै वार्ता गर्ने तय भएको छ। गत वर्ष प्रधानमन्त्री बनेका खानले सुरूदेखि आर्थिक खर्च कम गर्न विभिन्न उपाय र प्रयायहरू गरिरहेका छन्।हाल उनी प्रधानमन्त्रीको सरकारी निवासमा बसेका छैनन् भने निवासका सबै जसो गाडी पनि लिलामी गरिदिएका छन्।

नेपालमा पनि यस्ता खर्च कटौती धेरै गर्न सकिन्छ तर कस्ले गर्ने भन्ने गम्भिर प्रश्न छ 

खबर एक्सप्रेस