Connect
To Top
98 Views

असार १५ गते सम्म १५% मात्र रोपाइँ

रोपाइँ गर्न नपाएपछि पश्चिम नवलपरासीको प्रतापपुरका नरबहादुर चौधरी चिन्तामा छन् । उनी आकाशे पानीको भरमा धान रोप्दै आएका छन् । यस वर्ष प्रशस्त पानी नपरेपछि खेत बाँझो रहेको उनले बताए । शनिबार राति पानी परे पनि पर्याप्त भएन । ‘गत वर्ष असार १५ मा हामीले रोपाइँ सकिसकेका हुन्थ्यौं,’ उनले भने, ‘यस वर्ष समयमा धानको बीउ राख्न पाइनँ, रोपाइँ कसरी गर्नु !’ सिंचाइको प्रबन्ध नहुँदा समस्यामा परेको उनले बताए ।

आकासे पानीको भर पर्ने धेरैजसो किसान मर्कामा परेका छन् । भूमिगत जल सिंचाइ परियोजनामार्फत केही स्थानमा बोरिङ जडान गरिएको छ । तर, त्यो पर्याप्त छैन । धान उत्पादनमा अग्रणी जिल्लामा अहिलेसम्म मुस्किलले १५ प्रतिशत रोपाइँ भएको छ ।

ग्रामीण भेगमा कृषि कार्यका लागि पर्याप्त जनशक्ति नहुनु, कृषि पेसा छाडेर बजारमा गएर परिवारका सदस्य बस्नाले पहिलेभन्दा रोपाइँ गर्ने खेतको प्रतिशत बर्सेनि घट्दो छ । तराई भेगमा आधुनिक कृषि औजार आएको भए पनि प्लटिङका कारण खेतीयोग्य जमीनसमेत बाँझै राख्ने गरेको पाइन्छ । खेती गरेपछि घडेरीका रूपमा जग्गा नबिक्ने डर र मूल्यसमेत घटने भएपछि बाँझै राखेर ग्राहक कुर्ने गर्छन् ।

रोल्पामा ‘विकल्प’

मुलुकभर धान दिवस मनाइरहँदा रोल्पाका स्थानीय तह त्यसको विकल्प खोज्न थालेका छन् । यहाँका स्थानीय तहले दिवस मनाएनन् । निकै कम मात्रामा धान उत्पादन हुने भएकाले विकल्प खोज्न थालेको जनप्रतिनिधिको भनाइ छ । रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले उत्पादन थोरै भएकाले विकल्प खोज्नु सही हुने बताए ।

‘धान खेती कम हुन्छ,’ उनले भने, ‘त्यसैले विकल्प खोज्नुपर्ने ठानेका छौं ।’ जनप्रतिनिधिले विकल्पमा मकै, आलु वा जौ दिवस मनाउन सकिने तर्क गरेका छन् । जिल्लाका सुनिल स्मृति गाउँपालिका, रोल्पा नगरपालिका र त्रिवेणी गाउँपालिकाभित्रका केही गाउँमा बाहेक अन्यत्र धान खेती हुँदैन । जिल्लाको पूर्वी, उत्तरी र पश्चिमी क्षेत्रमा मकै, आलु, कोदो र जौको खेती हुन्छ । त्यहाँका स्थानीले वर्षभरि आलु, जौ र मकैका परिकार खान्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिक्रिया

More in समाचार

  • नेपाल रेयूकाईको १० सदसिय टोली जापानमा

    रेयूकाई प्रधान कार्यालय जापानको निमन्त्रणामा नेपालबाट नेपाल रेयूकाईका राष्ट्रिय अध्यक्ष कैलाश बिक्रम शाहीको नेतृत्वमा जापान भ्रमणमा गएको एक टोलीले हालै जापानको...

    khabarxpress२०७६, १ आश्विन बुधबार २२:५७
  • प्रधानमन्त्रीबाट संसद भवनको शिलान्यास

    प्रधानमन्त्री केपी शर्मा ओलीबाट सिंहदरबार परिसरमा निर्माण हुने संघीय संसद भवनको अहिले शिलान्यास गरेका छन् । सिंहदरबारको पुतली बगैंचामा निर्माण हुने...

    khabarxpress२०७६, १ आश्विन बुधबार १२:०४
  • गुराँस संरक्षण अभियानमा राउटे बाधक ?

    दैलेखको गुराँस गाउँपालिकाले गुराँस संरक्षण अभियानलाई तिब्र बनाउने बताउदै आएपनी हालसम्म कुनै ठोस निती बनाउन सकेको छैन अझ र बन जङल...

    khabarxpress२०७६, ३१ भाद्र मंगलवार २१:५४
  • राप्रपाले एनसेल प्रकरण विरुद्ध आन्दोलन गर्ने : अध्यक्ष कमल थापा

    खबरएक्सप्रेस सम्बाददाता ।  राप्रपाको न्यायिक समितिद्वारा आज काठमाडौंमा आयोजित एनसेल प्रकरण विषयक अन्तरक्रिया कार्यक्रममा राप्रपा अध्यक्ष एब पूर्वउपप्रधानमन्त्री कमल थापाले एनसेल...

    khabarxpress२०७६, ३१ भाद्र मंगलवार २०:३७
  • ३०० शैयाको प्रदेश अस्पताल भवन निर्माण सम्पन्न

    सुर्खेत सम्बाददाता, नेपाल सरकारका शहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा संघीय सरकारले निर्माण गरीदीएको ३०० शैयाको...

    khabarxpress२०७६, ३० भाद्र सोमबार २२:१९
  • रोकिएन एसिड आक्रमण

    बिरगंजकी १४ वर्षीया बालिका मुस्कान खातुनलाई अहिले कीर्तिपुर अस्पतालमा स्वास्थ्य लाभ गरीरहेकी उनको अहिले सिन्धुली ट्रष्टका अध्यक्ष समाजसेवी उज्ज्वल विक्रम थापा...

    khabarxpress२०७६, ३० भाद्र सोमबार २२:०१

(युवा सोच, मनोरञ्जन र सञ्चारको सँगालो ) : खबर एक्सप्रेस

हाम्रो टीम

चक्र बहादुर चन्द
अध्यक्ष / प्रबन्ध निर्देशक

ललित बिस्ट
सम्पादक

राकेश दाहाल
मल्टि मिडिया

विप्लब श्रेष्ठ
फोटो पत्रकार

सुदिप पौडेल
संवाददाता

सम्पर्क

खबर एक्सप्रेस अनलाईन प्रा. लि.
लाजिम्पाट – ०२ , काठमाडौँ
इमेल : khabarexpressnews@gmail.com
फोन : +९७७ -९८५१०८५५८४
वेब : www.khabarxpress.com

Copyright © 2019 khabarxpress.com|