चलचित्र ‘पास्वर्ड’को एक आइटम गीतमा बलिउड अभिनेत्री सन्नी लियोनीले ठुम्का लगाउने खबरसँगै सन्नीका नेपाली फ्यानहरु निकै नै उत्साहित बनेका थिए । अनुप बिक्रम शाही अभिनित चलचित्रको उक्त प्रतिक्षित गीत सार्वजनिक भएको छ । ‘आजको साम’ बोलको गीतमा सन्नीका साथमा अनुपबिक्रम शाही लगायत अन्य कलाकारले कम्मर मर्काएका छन् । दुर्गा खरेलको स्वर रहेको गीतमा अर्जुन पोखरेलको सङ्गीत रहेको छ ।  ५ करोडको लागतमा निर्माण गरिएको भनिएको यस गीतलाई बलिउडमा नृत्य निर्देशन गरेर राम्रो नाम बनाइसकेका बिष्णु देवाले कोरियोग्राफी गरेका हुन् । सम्राट बस्नेतले निर्देशन गरेको चलचित्रलाई अमित बस्नेत र हिमाल जोशीले निर्माण गरेका हुन् । सन्नीसँगै चलचित्रमा अनुपबिक्रम शाही, विक्रम जोशी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, परी राणा, विक्रम बस्नेत, लिजा सुनार, छुल्ठिम गुरुङ लगायतको अभिनय छ । भदौ २७ बाट प्रदर्शनमा आउने चलचित्र एक्सन, कमेडी, थ्रिलर जनरामा बनेको बताइएको छ ।