आज:  | Fri, 22, Mar, 2024

यसरी खुशी र सफल बनौ: चाणक्य

२०७६, २२ जेष्ठ बुधबार ०७:०१ मा प्रकाशित ( ४ साल अघि) ४२५८१ पाठक संख्या

हजारौ बर्ष अघि होस या आज हामी सबैमा एउटा समस्या छ I त्यो हो रिस ! रिस भावना व्यक्त गर्ने एक उपाय हो I जुन हरेक प्राणीको जन्मसिद्द हतियार हो I जीवनमा यसको समय शापेक्षित प्रयोग गर्ने सके हाम्रो ठुलो हतियार हो I तर आज हामीले आफ्नै हतियार आफै बिरुद्द प्राहार गर्दै छौ I जसले आज हाम्रा निम्ति यसका फाइदा भन्दा बेफाइदा नै धेरै छन् I हामीले प्रत्यक दिन, प्रत्यक क्षण तथा जीवनका अनेक खण्डमा रिसका कारण अनेकौ उपलब्धिहरु गुमाउन पुग्छौ I के आफै लाई घात गर्ने यस प्रकारको रिस मानव सभ्यताका निम्ति सहि छ ?

तर बास्तवमा हामी जीवनमा केहि उपलब्धि गर्नचाहन्छौ भने रिस लाई नियन्त्रण गर्नु अत्यावस्यक छ I ता कि; रिस ले तपाईलाई नियन्त्रण गर्न नपाओस् I यसका लागि सबैभन्दा पहिला हामीले रिस लाई बुज्नु आवस्यक छ I

रिस हामी भित्र रहेने चिज हो I जस जाग्नका निम्ति बाहना मात्र आवस्यक र यसको जिम्मेवार पनि हामी स्वयम् नै हौ I हामीले आफ्नो विवेकलाई कसरी प्रयोग गर्छौ I हाम्रा भावनाहरु त्यसकै आधारमा आफ्नो काम गर्ने हुन् I यसमा बाहिरी कुनै व्यक्ति जिम्मेवार हुन् सक्दैन I कति पय अवस्थामा रिसालु व्यक्ति मनको स्वच्छ त हुन्छ तर उसको रिस जहाँ भावना व्यक्त भइ रहेको हुन्छ I यसमा नियन्त्रण हुन् सक्दैन I कसैले उसको बारेमा मिठो/राम्रो कुरा गरिदियो उ खुसीले गद-गद बन्छ र कसैले उसको बारेमा केहि नराम्रो भनिदियो रिसले उ मुर्मुरिन्छ I

यसको मनोविज्ञान लाई एउटा कथाका माध्यमले बुझौ I एक धनाड्य व्यक्ति थियो I उसको सम्पन्न परिवार थियो I परिवारमा श्रीमती, भाइ र काम घरको काम गर्ने व्यक्ति समेत राखेको थियो I परिवार मा केहि को कमि थिएन I  त्यो व्यक्ति कहिले खुसी रहदैन थियो I परिवार प्रति असन्तुस्ट रहेकै कारण परिवर का सदस्य संग निकै कम बोल्ने गर्थियो I यहि समस्याको हल खोज्न एक दिन निकै नाम चलेको ज्योतिषको मा पुग्यो I ज्योतिस को अगाडी बसेर आफ्नो समस्या सुनाउन थाल्यो I गुरु सबै कुरा ले पूर्ण भए पनि म परिवारमा कहिले खुसी हुन सकिन I मेरी श्रीमती यति अल्छी छे कि; बाहिर बाट थाकेर घर पुग्दा मेरो लागि कहिले एक ग्लास पनि समेत  कहिले सोददीन I मेरा नोक्करहरु सबै काम चोर छन् I मेरो भाई पनि मलाई मान्दैनन / मलाई बुज्दैन I आफ्नो खुसी हिड्छ I आफुलाई मन लागेको कुरा मात्र गर्छ I यसको हाल के होला ? मलाई किन परिवारले बुझ्न नसकेको ? ज्योतिषीले त्यो व्यक्तिको चिना हेरेर भन्यो; यसको केहि उपाय छैन I उक्त व्यक्तिले निकै कर गर्न थाल्यो I केहि त होला नि ! क्रिपया मलाइ यो समस्या बाट बाहिर निस्कने उपाय बताईदिनुहोस I निरास मुद्रामा ज्योतिषले भन्यो ‘तपाइँ को यस दुन्यामा जीवित रहने समय केवल दश दिन छ I मृत्यु त अन्तिम सत्य हो I हरेक व्यक्ति जन्मे पछी उसको मृत्यु पनि निश्चित नै हुन्छ I अब आफ्नो बचेको समय लाइ कसरी सदुपयोग गर्नु हुन्छ त्यो तपाइको कुरा हो I’

ज्योतिषको कुरा सुनिसके पछी त्यो व्यक्ति केहि नबोली चुप चाप घर तिर लाग्यो I

नवौ दिनका दिन पूर्ण उक्त व्यक्ति ज्योतिष कहा पुगेर भन्छ I अस्ति त हतारमा हजुर लाई दक्षिणा पनि दिन भुलेछु I आज मेरो जिवानको अन्तिम दिन I हजुरलाई त्यहि दक्षिणा दिन आएको I व्यक्तिको कुरा सुनिसके पश्चात ज्योतिषले भन्छ ‘अहिले तपाइको परिवारमा कस्तो सम्बन्ध छ ?

उक्त व्यक्तिले भन्छ अहिले त सबै राम्रो छ I फेरी ज्योतिषले सोध्छ I श्रीमतीले कत्तिको ख्याल राख्छिन ? भाई ले माया गर्छ कि गर्दैन ? व्यक्तिले भन्छ ‘अहिले त सबै ठिक छ I श्रीमती ले मेरो निक्कै ख्याल राख्छिन I भइ ले पनि मेरो कुरा सुन्छ I तर मेरो दिन त अहि सक्यो I मेरै कारणले गर्दा परिवारमा दुख छाइरहेको रहेछ I म आफैले बुझ्न नसकेको रहेछ I तव; ज्योतिषले भन्छ ‘ त्यसो भए अहिले त सबै कुरा मिल्यो नि ? मलाई केहि थाह तपाई को मृत्यु कहिले हुन्छ ? अनि मसंग अरु केहि उपाय पनि थिएन I

 

यो कथाको मनोविज्ञान लाई बुझ्न सक्नु भने हामी आफ्नै कारणले दुखी रहने गर्छौ I अब; यसको बिकल्प के त ?

यी बुदाहरु लाई बुझ्ने प्रयास गरौ I

 

१) अरु बाट जस्तो सम्बन्ध या ब्यबहार चाहन्छौ, आफुले पनि उसलाई ठिक त्यहि अनुरुप ब्यबहार गर्न सिकौ I

 

२) कुनै काम गर्दै अपेक्षा राख्ने बानि त्यागौ I अपेक्षाले संगर्ष जन्माउछ यदि अपेक्षा पुरा भएन भने रिस पैदा र त्यस बाट अन्य प्रति नकारात्मक सोच जन्मिन सुरु हुन्छ I

३) आफुलाई मन पर्ने मनोपरामर्स दाताहरुको प्रवचन सुन्ने बानि बसालौ I समय समयमा आफु लाई आत्म-आलोचना गर्ने गरौ I

४) आफुले रिसले नै गर्दा आफैलाई भएका हानिको सुची बनाउनुहोस् I निकै सामान्य हानि समेत हुन् सक्छ I जस्तो; तपाइँ रिसाएर साथीको चित्त दुखेको नै किन नहोस I

 

५) दैनिक दश मिनेट जति लामो सास फेर्ने गर्नुहोस् I यसले तपाइको मष्तिस्कको अक्सिजन पूर्ण स्वस्थ बनाउछ I

 

६) दैनिक खाने खाना बिशेस ध्यान दिनु होस् I फलफूल, हरियो सागपात खाइ रहनुहोस् I पर्याप्त मात्रामा पानि पिउनुहोस I

खबर एक्सप्रेस