आज:  | Fri, 29, Mar, 2024

अमेरिकाका १७ राज्यले ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर

२०७५, १३ असार बुधबार १६:५४ मा प्रकाशित ( ५ साल अघि) १२८५७ पाठक संख्या

असार १३ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मेक्सिकोसँगको सीमा क्षेत्रबाट आप्रवासी प्रवेशमा रोक लगाउने नीतिमाथि अमेरिकाका १७ राज्यले आपत्ति जनाएका छन । उनिहरुले आप्रवासीको परिवारलाई अवैधानिक र अमानवीय ढङ्गले छुट्याएको भन्दै ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेका छन् । वासिङ्गटन, न्यूयोर्क, क्यालिफोर्निया लगायत राज्यका महान्यायाधीवक्ताले ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेका हुन् ।

वासिङ्गटनको सिटलस्थित अमेरिकी जिल्ला अदालतमा दायर गरिएको मुद्दामा राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै कठोर निर्णयबाट पछि हट्दै आप्रवासी परिवारलाई सँगै राख्न भनी दिएको पछिल्लो आदेश समेत भ्रामक भएको दाबी गरिएको छ । यसैबीच, उपराष्ट्रपति माईक पेन्सले कागजपत्रविहिन आप्रवासीलाई अवैध रुपमा अमेरिका प्रवेश गरी आफ्ना बालबालिकालाई खतरामा नपार्न चेतावनी दिनुभएको छ । ब्रजिलमा सञ्चारकर्मीसँग उपराष्ट्रपति पेन्सले अबैध रुपमा अमेरिका प्रवेश गर्ने तयारी गरिरहेकालाई त्यो योजना त्याग्न आग्रह गर्नुभएको बीबीसीले उल्लेख गरेको छ । अमेरिकी स्वास्थ्य मन्त्रालयअन्तर्गतको शरणार्थी पूनस्र्थापना एजेन्सीले ट्रम्पको यसअघिको नीतिका कारण परिवारबाट अलग्गिएकामध्ये २ हजार ४७ बालबालिका अझै आफूहरुकै निगरानीमा रहेको जनाएको छ ।

खबर एक्सप्रेस