आज:  | Sat, 20, Aug, 2022

प्रधानमन्त्री ओलीको भेटघाट निर्धारण

२०७५, १२ असार मंगलवार १६:३५ मा प्रकाशित ( ४ साल अघि) १२९३३ पाठक संख्या

असार १२ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टीबाट निर्वाचित सांसद र कार्यकर्ता भेटघाटका लागि समय निर्धारण गर्नु भएको छ । उहाँले प्रतिनिधिसभा र राष्ट्रियसभामा निर्वाचित नेकपाका सांसदलाई हरेक हप्ता र कार्यकर्ताहरुलाई हरेक १५ दिनमा भेट्ने गरी समय छुट्याउनु भएको छ । सांसदहरुले हरेक शुक्रबार अपरान्ह ३ देखि ५ बजेसम्म सिंहदरबारमा प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ओलीसँग भेट्न सक्ने उहाँको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता ओलीसँग साप्ताहिक रुपमा क्रमश सातवटै प्रदेशबाट प्रतिनिधित्व गर्ने नेकपाका सांसदहरुको भेटघाट हुने नियमित कार्यक्रम तय गरिएको छ । त्यस्तै प्रधानमन्त्री ओलीले हरेक महिनाको १ र १५ गते नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्तासँग पनि भेट गर्नु हुने भएको छ । उहाँले हरेक महिनाको पहिलो दिन विहान ११ देखि दिउँसो १ बजेसम्म धुम्बाराहीस्थित कार्यालयमा र १५ गते पेरिसडाँडास्थिति कार्यालयमा कार्यकर्ता भेट्ने जनाइएको छ ।

खबर एक्सप्रेस