आज:  | Wed, 30, Nov, 2022

पूर्वराजा कि छोरीको घरमा ताला

२०७५, १२ असार मंगलवार १६:३१ मा प्रकाशित ( ४ साल अघि) ११०६७ पाठक संख्या

असार १२।
सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा शाहको छाउनीस्थित घरमा ताला लगाएको छ । नेपाल ट्रष्टको कार्यालयले प्रहरीको सहयोगमा आज छाउनीस्थित २ रोपनी १३ आना जग्गामा रहेको घरमा ताला लगाएको हो । नेपाल ट्रष्टका कायम मुकायम सचिव रमेश सिंहले सरकारको नाममा आइसकेको घर जग्गामा अटेरी गरेर कव्जा जमाएकाले ताल्चा लगाइएको जानकारी दिनुभयो ।

तत्कालीन राजा वीरेन्द्र र उनको नाममा रहेको सम्पति सरकारले नेपाल ट्रष्ट मार्फत आफ्नो नाममा ल्याएको थियो । छाउनीको त्यो घर जग्गा पनि यसअघि नै नेपाल ट्रष्टको नाममा आएको थियो । सरकारको नाममा आइसकेको जग्गामा अटेर गर्दै कब्जा जमाएकाले हटाउन घरमा तालाबन्दी गरिएको ट्रष्टले जनाएको छ । नेपाल ट्रष्टले पूर्वराजा वीरेन्द्रको नाममा देशका विभिन्न १२ जिल्लामा रहेका २२ हजार रोपनी जग्गा सरकारको नाममा ल्याइसकेको छ ।

खबर एक्सप्रेस