आज:  | Sat, 20, Aug, 2022

आँबुखैरेनी दुर्घटनामा चार जनाको मृत्यु

२०७५, १२ असार मंगलवार १६:२३ मा प्रकाशित ( ४ साल अघि) ८६५५ पाठक संख्या

असार १२ ।
दमौलीको आँबुखैरेनी गाउँपालिका १ बरादीमा बसले कार र मोटरसाइकललाई ठक्कर दिँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । मृत्यु हुनेमा कारमा सवार कुश्मा ९ निवासी कमल लामिछाने ,उहाँकि तिन बर्षिय छोरी तथा मोटर साइकलमा सवार नुनबहादुर खवास र दिलबहादुर मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अरु चार घाइते भएका छन् । पृथ्वी राजमार्गमा भएको दुर्घटनामा आँबुखैरेनीबाट डुम्रे आउँदै गरेको ग १ ख ३०७३ नम्बरको बसले डुम्रेबाट आँबुखैरेनी जाँदै गरेका बा १७ च १८१४ नम्बरको भ्यान र ग ५ प १९४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ दुर्घटना भएको प्रहरीले जनाएको छ ।

खबर एक्सप्रेस