आज:  | Thu, 25, Apr, 2024

कायराको भरमा आर्यन सिग्देल !

२०७५, १२ असार मंगलवार १६:०१ मा प्रकाशित ( ५ साल अघि) १४३५४ पाठक संख्या

असार १२ ।

नायक आर्यन सिग्देल आफ्नो स्टारडम जोगाउन यतिबेला कसरत गरिरहेका छन् । कुनै समयका डिमान्डेट एव व्यस्त नायक आर्यन सिग्देल नवनायकहरुको आगमन संगै ओझेल पर्दै गए फेरी जुन जुन फिल्म आर्यनले गरे ति फिल्म व्यावसायीक रुपमा असफल भए । आफैले निर्माण गरेका फिल्मले समेत आर्यनलाइ पहिलेको उचाइमा पुर्याउन सकेन ।

आफ्नो स्टारडम फिर्ता ल्याउन बर्षौ देखिको रेखा थापाको दुस्मनी दोष्तिमा परीणत भयो र आर्यनले रेखा थापा संग चलचित्र रुद्रप्रियामा काम गरे तर रुद्रप्रियाले उनलाइ कुनै उचाइ दिएन । फिल्म आयो गयो ।

यतिबेला आर्यन आफ्नै निर्माण समेत रहेको चलचित्र कायराको रिलिजको तयारीमा छन् । लक्ष्मण रिजालको निर्देशनमा तयार चलचित्र कायरामा आर्यनलाइ साम्राज्ञी राज्य लक्ष्मी शाहले साथ दिएकि छिन् । यो चलचित्र नायक सिग्देलको लागी निकै महत्वपूण हुने छ किनकि यो चलचित्रको रिपोर्टले नै अबका दिनमा आर्यनलाइ व्यस्त नायक बनाउने या फूर्सदिलो नायक  बनाउने निर्णय गर्ने छ ।कायराले आर्यनलाइ पुन व्यस्त नायक बनाउन सहयोेग गरोस , शुभकामना ।

खबर एक्सप्रेस