आज:  | Fri, 19, Aug, 2022

३८ क्विन्टल सुन तस्करीहरुले साधारण तारेखमा छाड्न माग

२०७५, ११ असार सोमबार १३:२९ मा प्रकाशित ( ४ साल अघि) ३०३५६ पाठक संख्या

असार ११ ।
साढे ३८ क्वीन्टल सुन तस्करी र उर्लाबारीको सनम शाक्य हत्या मुद्दाका ११ अभियुक्तहरुले साधारण तारेखमा छोड्न माग गर्दै उच्च अदालतमा निवेदन दर्ता गराएका छन् । चार प्रहरी अधिकारीसहित ११ जनाले जिल्ला अदालत मोरङको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दर्ता गराएका हुन ।

जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठाएका उनीहरुले साधारण तारेखमा छाड्न माग गर्दै आफ्ना वकिलमार्फत उच्च अदालतमा मुलुकी ऐनको अदालती बन्दोबस्तको महलको १७ नम्बर अनुसार निवेदन दिएका हुन् । पूर्वडीआईजी गोविन्द निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपी सञ्जयकुमार राउत, गोरेको सहयोगी टेकबहादुर मल्ल र नेपाल एयरलाइन्सका कर्मचारी राजन थापा, हेमन्त गौतम, पुण्यप्रसाद लामा, भूजुङ गुरुङ र सम्बीरप्रसाद तोलाङ्गेलगायतले उच्च अदालतमा निवेदन दिएका हुन् ।

खबर एक्सप्रेस