आज:  | Mon, 15, Aug, 2022

बेल्जियम ५-२ गाेल अन्तरले विजयी

२०७५, ९ असार शनिबार १६:१७ मा प्रकाशित ( ४ साल अघि) २८२८० पाठक संख्या

असार ९।

रूसमा जारी विश्वकप फुटबलकाे शनिबारकाे खेलमा बेल्जियम ५-२ गाेल अन्तरले विजयी भएकाे छ । गाेलकाे वर्षा भएकाे खेलमा बेल्जियमले ट्युनिसियालार्इ फराकिलाे गाेल अन्तरले पराजित गरेकाे हाे ।

समुह जी मा रहेको बेल्जियमले ट्युनिसियाविरुद्ध जित निकालेसँगै ६ अंक जोडेर नकआउट चरणको सम्भावना बलियो बनाएको छ । पहिलो खेलमा बेल्जियमले पानामालाई ३–० ले हराएको थियो । अन्तिम खेलमा बेल्जियमले यो समूहकै अर्को बलियो टोलि इंग्ल्यान्डसँग खेल्नेछ । हारपछि ट्युनिसियाको दोस्रो चरणको ढोका बन्द भएको छ ।

खबर एक्सप्रेस