आज:  | Thu, 28, Mar, 2024

सन्तोष जनक व्यापार मा ‘तिमि हुन्छौ जहाँ जहाँ’

२०७५, ९ असार शनिबार १५:४८ मा प्रकाशित ( ५ साल अघि) १३९०६ पाठक संख्या

असार १० , कलिउड अपडेट ।
पछिल्लो समय स्टार भन्नेहरुको फिल्मले पनि लगानी उठाउन धौ धौ परेको उदाहरण हामि संगै छदैछ । पछिल्लो समय फिल्मको व्यापार घटिरहेको समयमा लगानी छुरक्षित पनि चुनौती हुदै आएको छ तर यसै साता बाट प्रर्दशनमा आएको चलचत्रि तिमि हुन्छौ जहाँ जहाँ को टिमलाइ भने केहि राहत मिलेको छ ।

चलचित्रले सन्तोष जनक व्यापार गरेको निर्माण यूनिटले जानकारी दिएको छ । बम्पर त होइन तर दर्शकको उपस्थिति राम्रो भएको कारण चित्त बुझाएको निर्माता मदन दवाडिले जानकारी दिए । गत शुक्रबार बाट प्रर्दशनमा आएको सलमान खानको रेश ३ ले राम्रो प्रतिकृया नपाए पछि त्यसको केहि फाइदा तिमि हुन्छौ जहाँ जहाँ लाइ भएको छ ।
लभस्टोरी यो चलचित्रलाइ दर्शकले मन पराएको निर्माण पक्षले बताएको छ । बिकाश बस्यालको निर्देशन रहेको चलचित्र तिमि हुन्छौ जहाँ जहाँ मा मनिष सुन्दर श्रेष्ठ , मलीना जोशी , स्वरुप पुरुष ढकाल लगायतका कलाकारको अभिनय रहेको छ ।

खबर एक्सप्रेस