आज:  | Thu, 11, Aug, 2022

अर्जेन्टीनाको लज्जास्पद हार , पर्यो डेन्जर जोनमा

२०७५, ८ असार शुक्रबार ०१:३४ मा प्रकाशित ( ४ साल अघि) १३९५३ पाठक संख्या

असार ७ ।
विश्वकफ फुटबलको समूह ‘डी’अन्तर्गत गएराति भएको खेलमा अर्जेन्टिनामाथि ३–० गोलको शानदार जित दर्ता गर्दै क्रोएशिया दोस्रो चरणमा प्रवेश गरेको छ । गोलकिपर काबालेरोको गल्तीबाट सुरु भएको अर्जेन्टिनाको पराजय श्रृङखला अन्तिम समयसम्म चल्यो । खेलको ५३ औं मिनेटमा काबेलेरोले गरेको गल्तीको क्रोएशियाका एन्टी रेबिचले फाइदा उठाइहाले । रिवकेको रिबेकले सोही गोलबाट क्रोएसियालाई सुरुवाती अग्रता दिलाए । खेल सकिन १० मिनेट बाँकी छदाँ मोड्रिकले उत्कृष्ट गोल गर्दै क्रोएसियाको अग्रतालाई दोब्बर पारेका थिए । थपिएको समयको पहिलो मिनेटमै राकिटिकले गोल गरे र क्रोएशियाको जित निश्चित गरे ।

क्रोएसिया र अर्जेन्टिना दुवै टोली पहिलो हाफमा गोल गर्न नजिक पुगेका थिए । क्रोएसियाका लागि मारियो मान्डजुकिच नजिकैबाट हेडिङमा चुकेका थिए भने अर्को तर्फ, अर्जेन्टिनाका लागि एन्जो पेरेसले बक्सभित्र पाएको अवसर खेर फालेका थिए ।
पहिलो खेलमा विश्वकपमा नवप्रवेशी टिम आईसल्याण्डले अर्जेन्टिनालाई १–१ गोलको बराबरी रोकेको थियो । अर्जेन्टिनाले अब अन्तिम खेलमा अफ्रिकी मुलुक नाईजेरियासँग खेल्नेछ ।
जितसँगै क्रोएसियाले प्रतियोगितामा अन्तिम १६ को ढोका खोलेको छ । अर्जेन्टिना भने ‘डेन्जर जोन’मा पुगेको छ ।

खबर एक्सप्रेस