आज:  | Sat, 20, Aug, 2022

रोमियो एण्ड मुनाको ट्रेलर सार्वजनिक

२०७५, ७ असार बिहीबार १६:१८ मा प्रकाशित ( ४ साल अघि) १९४७० पाठक संख्या

असार ७ ।
फिल्म रोमियो एण्ड मुनाको ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रका मुख्य पात्र विनय श्रेष्ठ र सृष्टि श्रेष्ठ झगडा र प्रेमलाई ट्र««ेलरमै महशुस गर्न सकिन्छ ।

रोमियो एण्डमुनालाई नरेश कुमार केसीले निर्देशन गरेका हुन् । यस अघि उनले डाइङ क्यान्डल फिल्म निर्देशन गरेका थिए, जसले निकै राम्रो प्रशंसा पाएको थियो । निर्देशक केसीको दोश्रो फिल्ममा विनय र सृष्टिसँगै सुस्मा कार्की, सुरक्षापन्त, प्रज्जवल सुजल गिरी लगायत कलाकारहरुको अभिनय रहेको छ ।
साउन ११ गतेदेखि प्रदर्शनमा आउने फिल्म रोमियो एण्ड मुनामा प्रशन्नमान गोपाली, रोजी श्रेष्ठ, रामशर्मा र कविन शाक्य मिलेर बनाएका हुन् । निर्देशक केसीको पटकथा रहेको फिल्ममा निरोज महर्जनले केसीलाई संवाद लेख्न सघाएका छन् ।

खबर एक्सप्रेस