आज:  | Sat, 20, Aug, 2022

सुरु भयो मेरी मामुको छायांकन , भाद्र १५ बाट प्रर्दशन

२०७५, ४ असार सोमबार ०२:३७ मा प्रकाशित ( ४ साल अघि) १३४६८ पाठक संख्या

असार ४ ।
आशुषेन फिल्मस्को व्यानरमा निर्माणको चौथो कोशेली चलचित्र मेरी मामुको छायांकन आरम्भ गरिएको छ । बच्चाको साइकोलोजिमा निर्माण हुने चलचित्र मेरी मामु मा ६ बर्षे नवनायक आयुव सेनले डेव्यू गरेका छन् । याम थापाका लेखन निर्देशनमा फ्लोरमा गएको चलचित्र मेरी मामु ले छायांकनमा जादै गर्दा रिलिज मिति पनि तय गरेको छ । चलचित्र भाद्र १५ बाट प्रर्दशनमा आउने निर्माता सन्तोष सेनले जानकारी दिएका छन् ।

चलचित्रमा आयुवको साथमा कुशुम गुरुङ र दुर्गा मल्लले पनि यसै चलचित्र बाट डेव्यू गर्दैछिन् । साथै चलचित्रमा अष्लेशा ठकुरी , सरुक ताम्राकार एव बरिष्ठ कलाकार भुवन चन्दको पनि अभिनय रहने छ । रमाइलो पक्ष त यो चलचित्रमा मेसी नामको गोल्डेन रेटिभ जातको कुकुरको पनि अभिनय रहने छ । मेसी लाइ थाइल्याण्ड बाट नेपाल ल्याइसकेको छ ।

खबर एक्सप्रेस