आज:  | Fri, 19, Aug, 2022

सयौँ किसानले दूध सडकमा पोखे

२०७५, ३ असार आईतवार ०४:२७ मा प्रकाशित ( ४ साल अघि) ११६२८ पाठक संख्या

असार ३ ।
दूध बिक्न छाडेपछि झापा शरणामतीका सयौँ किसानले दूध सडकमा पोखेर विरोध जनाएका छन् । शनिबार नेपाल बहुद्देश्यीय सहकारी संस्थाको दूध संकलन तथा चिस्यान केन्द्रको अगाडि सडकमा सयौँ लिटर दूध पोखेर किसानले विरोध जनाएका हुन् ।

लाखौँ रुपैयाँ ऋण लिएर पशुपालन गरी दूध उत्पादन गर्न थालेका किसान दूध बिक्न छाडेपछि निराश बनेका छन् । नयाँ पत्रिकामा खबर छ ।

खबर एक्सप्रेस