आज:  | Fri, 19, Aug, 2022

पेनाल्टीमा मेस्सी चुक्दा अर्जेन्टिनालाई आइसल्याण्डले बराबरीमा रोक्यो

२०७५, २ असार शनिबार १६:२१ मा प्रकाशित ( ४ साल अघि) १२२१९ पाठक संख्या

असार २ ।
स्टार खेलाडी लियोनेल मेस्सीको गल्तीले अर्जेन्टिनालाई सुरुवातमै झड्का लागेको छ । रसियामा जारी विश्वकपको प्रवल दाबेदारको रुपमा हेरिएको साविक उपविजेता अर्जेन्टिनाले आइसल्याण्डसँग १–१ को बराबरी खेलेको छ ।
अर्जेन्टिनाले खेलको ६४ औं मिनेटमा पाएको पेनाल्टीको अवसर मेस्सीले मिस गरेका हुन् । मेस्सीको प्रहार आइसल्याण्डका गोल रक्षक थोर हाल्डोरसनले रोकेका थिए ।

मेस्सीको पेनाल्टी मिसपछि पनि गोल गर्ने दुई ओटा सुन्दर मौका पाएपनि सफल भएन । यसो त आइसल्याण्डले पनि गोल गर्ने ४ सुन्दर मौका गुमाउन पुगेको थियो ।

शनिबार राती सम्पन्न खेलमा अर्जेन्टिनाले सुरुवाती अग्रता लिएपनि त्यसलाई ४ मिनेटभन्दा बढी टिकाउन सकेन । अर्जेन्टिनाका लागि अर्जियो अग्युरोले १९ मिनेटमा गोल गर्दै अग्रता दिलाएपनि आइल्याण्का खेलाडीले २३ औं मिनेटमा बराबरी गोल गरे । आइसल्याण्डका अल्फ्रेओले २३ औं मिनेटमा बराबरी गोल गरेका हुन् ।

खेलमा ७८ प्रतिशत पोजिसन आफ्नो पक्षमा बनाएपनि गोल गर्न नसक्दा अर्जेन्टिनाले बराबरीमा चित्तमाात्रै बुझाउन बाध्य भएन मेस्सीले पेनाल्टी मिस गर्दा थप निराश पनि बन्यो ।

खबर एक्सप्रेस