आज:  | Thu, 11, Aug, 2022

उरुग्वेले इजिप्टलाई हरायो

२०७५, १ असार शुक्रबार १६:४४ मा प्रकाशित ( ४ साल अघि) १०८८३ पाठक संख्या

१ असार – रसियामा जारी विश्वकप अन्तर्गत शुक्रबार भएको पहिलो खेलमा उरुग्वे विजयी भएको छ । समूह ए मा रहेको उरुग्वे र इजिप्टबीचको खेलमा उरुग्वे १–० ले विजयी भएको हो । खेलको अन्तिम समयमा उरुग्वेका जोस गिमेन्जले गरेको गोल नै निर्णायक बन्न पुग्यो ।

उरुग्वेले दवाव बनाएको खेलमा इजिप्टले उरुग्वेको पोष्टतर्फ ८ प्रहार र उरुग्वेले १५ प्रहार गरेको थियो ।
यसो त दुबै इजिप्टले गोल गर्ने ३ सुन्दर गुमाउँदा उरुग्वेले पनि ४ अवसर गुमाएको थियो ।
खेल अवधिमा २ वटा एल्लो कार्ड प्रयोग भएको थियो । अब अर्को खेल उरुग्वेले साउदी अरेबियासँग खेल्ने छ भने इजिप्टले रसियासँग खेल्नेछ । शुक्रबारको खेलमा रसियाले साउदी अरबलाई ५–० गोल अन्तरले हराएको थियो ।

खबर एक्सप्रेस