आज:  | Sun, 14, Aug, 2022

पोर्चुगल र स्पेनबीच प्रतिस्पर्धा हुँदै

२०७५, १ असार शुक्रबार १६:४२ मा प्रकाशित ( ४ साल अघि) ११२२८ पाठक संख्या

१ असार । 

बिहीबारबाट शुरु भएको विश्वकप फुटबलअन्र्तगत शुक्रबार पोर्चुगल र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ ।  खेल नेपाली समय अनुसार राति पौने १२ बजेपछि शुरु हुनेछ ।

समूह ‘बी’मा रहेका स्पेन र पोर्चुगल दुवै युरोपेली टिम हुन् । स्पेन सन् २०१२ र २००८ को युरोकप च्याम्पियन हो भने पोर्चुगल अहिलेको युरोपेली विजेता हो ।

दुवै टिमले जित आफ्नो पक्षमा रहेको दावी गरेका छन् । स्पेन पछिल्ला २० खेलमा अपराजित रहेको छ र उसलाई विश्वकपको उपाधि दाबेदारको रुपमा हेरिएको छ ।

तुलनात्क रुपमा पोर्चुगलको अवस्था केही कमजोर देखिन्छ । तर यो टिममा यो शताब्दीकै उत्कृष्ट खेलाडी क्रिष्टियानो रोनाल्डो हुनु ठूलो कुरा हो ।

खबर एक्सप्रेस