आज:  | Thu, 11, Aug, 2022

के स्वस्तिमा घमण्डी हुदै छिन् ? यस्तो छ छक्का पन्जा ३ खेल्नुको कारण

२०७५, १ असार शुक्रबार १२:२९ मा प्रकाशित ( ४ साल अघि) १३७४५ पाठक संख्या

असार १ , कलिउड अपडेट ।
अहिलेकि डिमान्डेड नायीका हुन् स्वस्तीमा खड्का । निर्देशक निश्चल बस्नेत संग बैबाहिक सम्बन्ध गासे पछि फिल्म मा मज्जाले जमेकि नायीका खड्का नायीकाको छनौट हुँदा उनको नाम अग्रपंतीमै आउछ । सायद यहि भएर पनि होला कहिले कहि उनि रिलेशन मेन्टेन गर्न मात्र भए पछि फिल्म खेल्ने गरेको खुलेको छ ।

बिहिबार राजधानिमा आयोजीत चलचित्र जय भोलेको गीत सार्वजनिक कार्यक्रममा छक्का पन्जा टिम आफ्नै परिवार जस्तो लाग्ने भन्दै रिलेशन मेन्टेनको लागी मात्र भए पनि एउटा गीतमा अभिनय गरेको खुलाएकि छिन् ।
जय भोलेमा स्वस्तीमाको लिड रोल हो , जय भोलेले आफनो रिलिज मिति तय गरेर छायांकन सके पछि मात्र छक्का पन्जा ३ ले पनि रिलिज मिति तय गर्दै छायांकन आरम्भ गरेको थियो । एउटै मितिमा प्रर्दशन हुने चलचित्र किन खेलिन् भन्ने प्रश्नमा उनले यस्तो प्रतिकृया दिएकि हुन् ।
अलि ठाडो जवाफ दिदै उनले आफू अघि बसेका अग्रजलाइ सम्बोधन नगरेको देख्दा चाहि स्वस्तिमा मा पनि घमण्ड बढेकै हो कि भन्ने देखिन थालेको छ ।

खबर एक्सप्रेस