आज:  | Sat, 20, Aug, 2022

राेकियाे चलचित्र ‘रोजी’ को छायाकन

२०७५, ३१ जेष्ठ बिहीबार १३:३३ मा प्रकाशित ( ४ साल अघि) १५२७२ पाठक संख्या

जेठ ३१ । चलचित्र रोजीको छायाकन स्थगित भएको छ । झण्डै आधा छायाकन सक्काएको निर्माण संस्थालाई चलचित्र विकास बोर्डले छाँयाकन स्थगित गर्न भनेपछि बुधबार सम्मका लागि चलचित्रको सम्पूर्ण कामहरु रोकिएको छ ।

निरक पौडेल निर्देशित चलचित्र रोजी हत्याकाण्ड संग सम्बन्धीत भएको समाचारहरु आउन थालेपछि सन् २०११ अगष्टमा भएको हत्या गरिएको भनिएकी रोजी महर्जनका परिवारहरु विकास बोर्ड आएर आफ्नो छोरीमाथी अन्याय भएको आवाज राख्दै आईरहेको थियो । र, विभिन्न चरणको कुराकानी पछि बोर्ड अध्यक्ष निकिता पौडेलले रोजी निर्माण संस्थालाई बोर्ड बालाएर सहमती नजुटे सम्म चलचित्रको कुनै पनि कामहरु नगर्न आदेश दिएकी छिन् । एक गीत सहित चलचित्रको २० दिनको छायाक्न बाँकी रहेको निर्देशक निरक पौिडेलले जानकारी दिएका छन् । बोर्डले चलचित्रको छायाँकन रोक्न भनेपछि निर्माण संस्थालाई ठूलो भार थपिने भएको छ । लगानीका हिसाबले यसले आफुहरुलाई ठूलो घाटा लाक्ने निर्देशक पौडेलले बताए । तर, बोर्ड अध्यक्ष निकिता पौडेलले रोजीको परिवारलाई कथा देखाएर, सहमती जुटाएर मात्र छायाकनमा उत्रन रोजी निर्माण संस्थालाई ठाडो आदेश दिएकी छिन् ।

खबर एक्सप्रेस