आज:  | Thu, 11, Aug, 2022

एसइइ को नतिजा अर्को साता

२०७५, ३१ जेष्ठ बिहीबार १३:०६ मा प्रकाशित ( ४ साल अघि) १८१५६ पाठक संख्या

जेठ ३१ ।
प्रवेशिका परीक्षा अर्थात एसईईको नतिजा अबको एक हप्तापछि मात्रै प्रकाशित हुने भएको छ । अहिलेसम्म उत्तरपुस्तिका परीक्षणको काम सकिएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले बताउनुभयो ।

उहाँका अनुसार अब प्राप्ताङक प्रशोधनसम्बन्धी काम बाँकी रहेको र त्यो एक हप्ता भित्र सकेर नतिजा प्रकाशन गरिनेछ ।
गएको चैत ८ गतेदेखि २० गतेसम्म सञ्चालित परीक्षामा नियमिततर्फ झण्डै चार लाख ६१ हजार र एक्जाम्टेडतर्फ झण्डै २४ हजार परीक्षार्थीले परीक्षा दिएका छन् ।

तीमध्ये झण्डै आठ हजार परीक्षार्थी प्राविधिकतर्फ सहभागी भएका छन् । गएको वर्ष असार ३ गते एसईईको नतिजा सार्वजनिक भएको थियो ।

खबर एक्सप्रेस