आज:  | Sat, 20, Aug, 2022

नगर प्रमुख ओली लक्षित बम निस्क्रिय

२०७५, ३१ जेष्ठ बिहीबार १३:०२ मा प्रकाशित ( ४ साल अघि) ९९०७ पाठक संख्या

जेठ ३१ ।
झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली सवार गाडीमा राखिएको बम निस्क्रिय पारिएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले आज बिहान सुरक्षित रुपमा बम निस्क्रिय बनाएको हो । दमक–६ स्थित प्रधानमन्त्री केपी शर्मा ओलीको घरमा नगर प्रमुख ओली बस्दै आउनुभएको छ ।

नगर प्रमुख ओलीका अनुसार हिजो बेलुकी कार्यालयबाट फर्कने क्रममा नगरपालिकाको स्कारपियो गाडीको छतमा कार्टुनजस्तो चिजमा शंकास्पद वस्तु फेला परेको थियो । फेला परेको बमलाई ओली निवासको सुरक्षामा खटिएका सुरक्षाकर्मीले बेलुका ८ बजेतिर सुरक्षित स्थानमा लगेका थिए । त्यसलाई आज बम डिस्पोजल टोली झिकाएर निष्क्रिय गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

खबर एक्सप्रेस