आज:  | Thu, 11, Aug, 2022

बाग्लुङको दुर्घटनामा दुईको मृत्यु

२०७५, ३१ जेष्ठ बिहीबार १२:३८ मा प्रकाशित ( ४ साल अघि) ९८२५ पाठक संख्या

जेठ ३१ ।

बागलुङको ताराखोला गाउँपालिकाको अर्गलमा पिकअप जिप दुर्घटना हँुदा दुईजनाको मृत्यु भएको छ । घुस्मेलीदेखि अर्गल डाडाँ जाँदै गरेको ग १ ज ६०३४ नम्बरको गाडी अनियन्त्रित भएर सडकबाट चारसय मिटर खस्दा दुईजनाको मृत्यु भएको हो ।

दुर्घटनामा परेर बागलुङ्को ताराखोला गाउँपालिका– ३ का २४ बर्षिय हेमन्त घिमिरे र सोही स्थानका ५४ बर्षिय हरिराम गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर अरु दुईजना गम्भिर घाइते भएका छन् । घाइते हुनेमा ताराखोला गाउँपालिका –३ का २७ बर्षिय जिप चालक डम्बरबहादुर घिमिरे र सोही स्थानका ४२ बर्षिय कर्ण भण्डारी रहनुभएको जिल्ला प्रहरी कार्यालय बागलुङ्ले जनाएको छ ।

खबर एक्सप्रेस