आज:  | Thu, 01, Dec, 2022

बिश्वकपमा हार्ने देखि भाग लिने सम्मले पुरस्कार जित्छन् , कति पाउछन् थाहा पाउनुहोस

२०७५, ३० जेष्ठ बुधबार १५:०६ मा प्रकाशित ( ४ साल अघि) १३१२६ पाठक संख्या

जेठ ३० ।

विश्व कप फुटबलको चर्चा अहिले उत्कर्षमा छ । यो प्रतियोगितामा  विश्व विजेता बन्ने टिमले ३८ मिलियन डलर अर्थात करिव ४ सय ८ करोड रुपैयाँ बराबरको पुरस्कार प्राप्त गर्ने छ ।

A handout picture taken on September 15, 2017 and provided by Adidas shows the official match ball for the 2018 World Cup football tournament, named “Telstar 18”, on the field of the Luzhniki stadium in Moscow. / AFP PHOTO / Adidas / Arsen GALSTYAN / RESTRICTED TO EDITORIAL USE – MANDATORY CREDIT “AFP PHOTO / Adidas / Arsen Galstyan” – NO MARKETING NO ADVERTISING CAMPAIGNS – DISTRIBUTED AS A SERVICE TO CLIENTS

फाइनलमा पराजित हुने टिमले पनि २८ मिलियन डलर करिव ३ सय करोड रुपैयाँ प्राप्त गर्ने छ । त्यस्तै तेस्रो र चौथो नम्बरमा रहने टिमले पनि क्रमश २४ मिलियन २ सय ५७ करोड र २२ मिलियन डलर करिव २ सय ३६ करोड रुपैयाँ प्राप्त गर्ने छ ।

त्यस्तै, ५ औं देखि ८ औं स्थानमा रहने टिमले १६ देखि १८ मिलियन डलर १७१ करोड रुपैयाँ प्राप्त गर्ने छन्। त्यस्तै ९ देखि १६औं स्थानका टिमले अर्थात नकआउट चरणमा स्थान तय गर्ने टिमले समेत समान १२ मिलियन डलर अर्थात करिव १२९ करोड रुपैयाँ प्राप्त गर्ने छन् ।

विश्व कपको खास महत्व यसका लागि पनि मानिन्छ कि फुटबलको यो महाकुम्भमा एक खेल पनि जित्न नसक्ने टिमले पनि आफ्नो झोलामा करौडौं रुपैयाँ लिएर फर्किन्छन् । फिफाको नियमअनुसार १७ देखि ३२ औं स्थानमा रहने हरेक टिमले समान आठ मिलियन करिव ८६ करोड रुपैयाँ प्राप्त गर्ने छन् ।

विश्वकप अब भीएआर प्रविधिमा
काठमाडौं,३० जेठ– फुटबलको विश्व प्रशासकीय निकाय फिफाले फुटबल प्रतियोगिताहरुमा भीएआर भनिने भिडिओ असिस्टेन्ट रेफ्री प्रविधि प्रयोग गर्ने भएको छ । खेलका क्रममा उत्पन्न हुने विवादास्पद घटनाहरु जस्तै विवादपूर्ण गोल वा पेनाल्टीबारे खेलको भिडिओ हेरेर निर्णय लिन भीएआर प्रविधि सहयोगी हुने बताइएको छ ।

विवाद भएमा भिडियो हेरेर खेल बारे निर्णय लिन सो प्रविधि सहयोगी हुनेछ । खेलको दृश्यहरु हेरेर प्रमुख रेफ्रीलाई सहायक रेफ्रीहरुले उनले लिएका निर्णयबारे समीक्षा गर्न सहयोग गर्नेछन् । केही घरेलु इंग्लिश फुटबल प्रतियोगितामा भीएआर प्रविधिको परीक्षण भइसेको छ । इटली र जर्मनीमा पनि यसको प्रयोग भइरहेको छ ।  सो प्रविधि लागू गर्नका लागि अब फुटबल लिग वा प्रतियोगिता आयोजकहरुले बोर्डमा आवेदन दिनुपर्छ ।

गोल भए, नभएको, पेनाल्टी दिने वा नदिने, खेलाडीलाई रातो कार्ड दिइहाल्ने वा पहेलो कार्ड दिने भन्नेबारे खेलको भिडिओ हेरेर निर्णय लिइने बताइएको छ । तर भीएआर प्रविधिको सिद्धान्त भनेको कम भन्दा कम हस्तक्षेप गर्नु र खेलका क्रममा हुनेत्रुटिपूर्ण निर्णय हुन नदिन तथा निष्पक्ष खेल गराउनु भएको अन्तर्राष्ट्रिय फुटबल असोसिएसन बोर्डले बताएको छ ।

सो प्रविधिको प्रयोग पहिलो पटक सन् २०१६ डिसेम्बर मा गरिएको थियो। भीएआर प्रविधि प्रयोग गरिने निर्णयले फुटबल खेलको नयाँ युगको प्रतिनिधित्व गर्ने फिफा प्रमुख इन्फन्टिनो बताउँछन् । तर सो प्रविधिले खेलमा सुस्तता निम्त्याउने र अन्योल पैदा गरिने कतिपय आलोचकहरुको भनाइ छ ।

एजेन्सी

खबर एक्सप्रेस