आज:  | Fri, 19, Aug, 2022

निर्माता माधव वाग्ले पूर्पक्ष का लागि जेल चलान

२०७५, ३० जेष्ठ बुधबार १४:५७ मा प्रकाशित ( ४ साल अघि) १४०३६ पाठक संख्या

जेठ ३ं० ।
दुई करोड ५० लाख नक्कली नोटसहित पक्राउ परेका निर्माता माधव वाग्ले पूर्पक्ष का लागि जेल चलान भएका छन् । वाग्लेसँगै सुदीप घिसिङ र महेन्द्र बोगटीलाई पनि जिल्ला अदालत काठमाडौंले जेल चलानको आदेश दिएको छ ।

प्रहरीले गत जेठमा ६ जनालाई  दुई करोड ५० लाख नक्कली नोटसहित  पक्राउ  गरेको थियो । यस्तै, सोही मुद्दामा पक्राउ परेका प्रकाश सुवेदी र विवेक नापित १-१ लाख धरौटीमा छुटेका छन् भने साजन भुलुन साधारण तारिखमा छुटेका छन् ।

वाग्लेले नयाँ चलचित्र ‘चङ्गाचेट’ को प्रायोजनका लागि नक्कली नोट छापेको प्रहरीसमक्ष बयान दिएका थिए । नक्कली नोट कारोबार गरेको खुलेपछि काठमाडौं प्रहरी परिसरले अनुसन्धान अगाडि बढाएको थियो ।

 

खबर एक्सप्रेस