आज:  | Fri, 19, Aug, 2022

असारमा देशभर लाइसेन्सको आवेदन बन्द हुने

२०७५, २८ जेष्ठ सोमबार ०१:०८ मा प्रकाशित ( ४ साल अघि) ९६४१ पाठक संख्या

जेठ २८ ।
असार १ बाट देशभर लाइसेन्सको आवेदन बन्द हुने भएकाे छ । सरकारले असार महिनाभर सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को आवेदन नलिने भएको छ । यातायात व्यवस्था विभागले आफू मातहतका कार्यालयहरुलाई परिपत्र गर्दै असार १ देखि कुनै पनि फारम नलिन भनेको छ ।
विभागले काठमाडौंसहित सबै अञ्चलहरुमा कार्यालयहरुलाई असारका लागि अनलाइन फारम नलिन निर्देशन दिएको हो । अनलाइन फारम भरेकाहरुको ट्रायल तथा रिट्रायल असारभित्र सक्नुपर्ने भएकाले यस्तो निर्देशन दिइएको विभागका प्रवक्ता तुल्सीराम अर्यालले जानकारी दिए ।

असारसम्म राजस्व हिसाव मिलान गर्नुपर्ने कारण देखाएर ट्रायल रोक्न लागिएको हो । सेवाग्राहीको संख्या धेरै भएकाले असार महिनाका लागि आवदेशन भरेकाहरुको पनि परीक्षा रद्द गर्ने तयारी छ । साउन १ गतेबाट फेरि नयाँ आवेदन खोल्ने विभागको योजना छ ।

खबर एक्सप्रेस