आज:  | Mon, 15, Aug, 2022

मोदि चिन भ्रमणमा जाने

२०७५, २५ जेष्ठ शुक्रबार १०:२६ मा प्रकाशित ( ४ साल अघि) १४७५९ पाठक संख्या

जेठ २५ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भोली चीन भ्रमणमा जानुहुने भएको छ । केही हप्ता अगाडी चीनको भ्रमण गर्नु भएका मोदीले छोटो समयमै फेरी चीनको भ्रमण गरेर राष्ट्रपति सि चिन फिङलाई भेट्नुहुने भएको हो ।

अघिल्लो भेटवार्ताका क्रममा सिमा सम्वन्धी विवाद समाधानका विषयमा नयाँ तरिकाले अगाडी बढ्ने समझदारी भएको थियो । विश्वमै चर्चित दुई देशका नेताहरुको भेटवार्ता चिनियाँ सहर चिङदाओमा हुन लागेको साङघाइ कोअप्रेसन अर्गनाईजेसनको अवसरमा हुने भएको हो । उहाँहरु बिच दुई पक्षीय हित र आपसी सम्वन्धका बारेमा छलफल गर्नुहुने भारतीय विदेश मन्त्रालयले जनाएको छ । व्यापार, सुरक्षा, चीनको ‘बेल्ट एण्ड रोड इन्फ्राइस्टकचर प्रोजेक्ट’ लगायतका विषय दुई दिने सम्मेलनका मुख्य एजेण्डा रहेका छन् ।

खबर एक्सप्रेस