आज:  | Thu, 01, Dec, 2022

अरबाज खान पनि पक्राउ

२०७५, २४ जेष्ठ बिहीबार १६:०७ मा प्रकाशित ( ४ साल अघि) ११५५६ पाठक संख्या

एजेन्सी । बलिउड अभिनेता सलमान खानका भाई तथा फिल्म निर्माता अरबाज खान पक्राउ परेका छन् । आइपीएलको सट्टेबाजी प्रकरणमा मुछिएका अरवाजलाई प्रहरीले सोधपुछका लागि प्रहरी कार्यालय झिकाएको हो ।

a

शुक्रबार बिहान अरबाजको बान्द्रास्थित निवासमा प्रहरीले नोटिस पठाए पछि उनी बयान दिन मुम्वइस्थित ठाने प्रहरी कार्यालय पुगेका थिए । सो नोटिसमा मुम्बईका सट्टेबाजहरुको र्‍याकेटमा अरवाज पनि सम्वन्धित देखिएको उल्लेख गरिएको थियो ।

भारतीय सञ्चारमाध्यमका अनुसार अरवाजले भारतका सबैभन्दा कुख्यात सट्टेबाज सोनु जलान मार्फत पैसा लगाएको प्रहरीको आशंका छ । सोहि प्रकरणमा उनलाई प्रहरीले सोधपुछ गरेको हो ।

गत १५ मेमा एक सट्टेवाज गिरोहका चार जना गिरफ्तार भएपछि यो प्रकरणको खुलासा भएको थियो । अरबाजमाथि लागेको आरोप प्रमाणित भएमा उनले जेल जानुपर्ने पक्वा छ ।

यसअघी सट्टेवाजीमा संलग्न भएको आरोपमा सिल्पा सेट्टी र उनका पती राज कुन्द्रा पनि कार्वाहीमा परेका थिए ।

खबर एक्सप्रेस