आज:  | Thu, 11, Aug, 2022

यस्ती छिन् आकाश कि ड्रिमगर्ल

२०७५, २४ जेष्ठ बिहीबार १३:५३ मा प्रकाशित ( ४ साल अघि) १३४९३ पाठक संख्या

जेठ २४ , काठमाण्डौ । चलचित्र ड्रिमगर्लको रोमान्टिक गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतलाइ थाइल्याण्ड र रारा तालमा छायांकन गरिएको छ । राजधानिमा एक कार्यक्रम आयोजना गरि चलचित्रको गीत सार्वजनिक गरिएको हो ।


ऋषिराज आचार्यको लेखन निर्देशनमा तयार चलचित्र ड्रिमगलको सार्वजनिक गीतमा शव्द अम्बिका शर्मा को रहेको छ भने संगीत अर्जुन पोखरेलको रहेको छ । यस्तै गीतलाइ अन्जु पन्त र सुरेश लामाले आवाज दिएका छन् । गीतमा आकाश श्रेष्ठ र आस्मा गीतलाइ फिचर गरिएको छ । गीत सार्वजनीकमा बोल्दै नायक श्रेष्ठले फिल्ममा आफ्नो ड्रिमगर्ल आस्मा नै भएको खुलाएका छन् ।
असोज १९ मा रिलिज मिति तय गरिएको यो चलचित्रमा आकाश श्रेष्ठ , विल्सन बिक्रम राइ , सरोज खनाल , लक्ष्मी गीरी , सुरबिर पण्डित लगायतका कलाकारको अभिनय रहेको छ ।

खबर एक्सप्रेस