किरण अाचार्य , जेठ २३ ।
आफूले जे गरे पनि जस्तो फिल्म बनाए पनि फिल्म चल्छ भनेर सोच्ने निर्मातानिर्देशक हरुले कलाकारहरुको अधिकार नै हनन् गर्न थालेका छन् । पछिल्लो समय यउटा यस्तै घटना घट्यो जस्ले गर्दा छनौट भइसकेका कलाकार ले फिल्म छोड्नु बाध्य भए ।
हामिले कुरा गर्न खोजिरहेका छौ चलचित्र छक्का पन्जा ३ को । छक्का पन्जा ३ को लागी नायक पुष्प खड्का अनुवन्ध भए तर उनलाइ आफ्नो क्यारेक्टरको बारेमा र मा आफ्नो संवादको बारे थाहा पाएनन् । फिल्ममा उनको भूमिका को बारे मौखिक रुपमा बताए पनि बास्तवमा आफ्नो क्यारेक्टरले फिल्ममा कस्तो प्रभाव पार्छ भन्ने पुष्पलाइ थाहा नै भएन ।
पुष्पले बारम्बार स्कृप्ट माग्दा निर्माण पक्षले स्कृप्ट दिन नमिल्ने बतायो र पछि आफ्नो क्यारेक्टर मात्र भएको सिन को स्कृप्ट माग्दा पनि दिइएन त्यस पछि पुष्पले चलचित्र छक्का पन्जा ३ मा अभिनय नगर्ने निर्णय गरे र सहमतिमै छोडे ।
यो घटना बाट छक्का पन्जा ३ टिमले तानाशाह प्रवृत्ती देखाएको हो कि भन्ने पुष्टी हुन्छ । कलाकार ले आफूले फिल्ममा कस्तो भुमिका निर्बाह गरिरहेको छु , आफ्नो भुमिकाले फिल्ममा कस्तो प्रभाव पार्छ भनेर बुझ्नको लागी पुरै स्कृप्ट पाउनु पर्छ , यो त एक कलकारको अधिकार पनि हो । ठूलो व्यानरको फिल्म , हिट फिल्मको सिक्वेल भनेर आफ्नो क्यारेक्टर नै नबुझि , स्कृप्टनै नपढि अभिनय गर्ने कलाकार एक कुशल कलाकार पक्कै हुदैन ।