आज:  | Sat, 20, Aug, 2022

गाई मारेको अभियोगमा १२ बर्ष जेल सजाय

२०७५, २१ जेष्ठ सोमबार १५:२० मा प्रकाशित ( ४ साल अघि) ८६७१ पाठक संख्या

जेठ २१ । गाई मारेको अभियोगमा मुलुकमा सवैभन्दा ठुलो सजाय भएको छ । गाई मार्नेहरुविरुद्ध प्रदेश नम्बर ५ को अर्घाखाँची निर्मम रुपमा प्रस्तुत हुँदै गाई मारेको अभियोगमा आज एकजनालाई अहिलेसम्मकै ठुलो जेल सजाय सुनाइएको हो ।


भूमिकास्थान नगरपालिका–२ भोटेपोखराका यमबहादुर खत्रीलाई अदालतले मुलुकी ऐन चौपाया महलको १ र ११ नम्बर बमोजिम १२ बर्षसम्मको जेल सजाय सुनाएको हो ।

जिल्ला न्यायाधीश रामचन्द्र पौडेलको इजालसले खत्रीले गोठमा बाँधेका एउटा रातो र दुई वटा कालो गाई बञ्चरोले टाउकोमा प्रहार गरेर हत्या गरेकाले १२ वर्ष कैद फैसला सुनाइएको सुचना अधिकारी टेकराज गैरेले बताउनु भयो । छिमेकी बलदेव भाटले खत्री विरुद्ध जाहेरी दिएका दिनुभएको थियो ।

खबर एक्सप्रेस