आज:  | Sat, 20, Aug, 2022

पशु चोरहरुद्धारा २३ भन्दा बढी मानिसको हत्या

२०७५, २१ जेष्ठ सोमबार १५:११ मा प्रकाशित ( ४ साल अघि) ११९२० पाठक संख्या

जेठ २१ ।
नाइजेरियाको उत्तरी राज्य जाम्फरामा पशु चोरहरुले २३ भन्दा बढी मानिसको हत्या गरेका छन् ।जानोका गाउंमा मोटरसाइकलमा आएका पशु चोरहरुले अन्धाधुन्ध गोली हान्ने र किसानहरुको घरमा आगो लगाएका थिए । राज्य सरकारले विगत सात वर्षमा १० हजार भन्दा बढी पशु चोरी भएको जनाएको छ ।
पशु चोरहरुद्धारा २३ भन्दा बढी मानिसको हत्या
जाम्फरामा पछिल्लो समय भिजिलान्ते र पशु पालकहरुबीच हिंसा बढ्को छ ।नाइजेरियामा इस्लामिक लडाकु समुह बोको हरामले चलाएको हिंसा शुरु हुनु भन्दा अघि देखी पशु चोरी सम्बन्धी हिंसा हुंदै आएको छ ।

बोको हरामको हिंसाका कारण भन्दा पशु चोरीको घटनामा मारिनेको संख्या बढी रहेको अनुमान गरिन्छ । तर यस सम्बन्धमा सरकारी तथ्यांक भने आएको छैन ।पशु चोरीमा अपराधी र नेताहरुको पनि संलग्नता भएकाले यो विषय थप जटिल बनेको बताइन्छ । एजेन्सी

खबर एक्सप्रेस