आज:  | Fri, 19, Aug, 2022

किन बिग्रीदै छ फिल्म मेकर संग प्रदिपको सम्बन्ध ?

२०७५, २१ जेष्ठ सोमबार १४:५७ मा प्रकाशित ( ४ साल अघि) १६००३ पाठक संख्या

जेठ २१ ।
अहिलेका युवास्टार प्रदिप खड्का को २ बर्ष अघिको जिवनशैली र अहिलेको जीवन शैली हेर्ने हो भने आकाश पातालको फरक छ । तर पछिल्लो समय जव आशुषेन फिल्मस् बाट उनि बाहिर निस्के त्यस पछि प्रदिप पनि बिभिन्न आलोचना बाट बच्न सकेका छैनन् ।
जव उनले चलचित्र लिलिबिली को लागी साइन गरे त्यस पछि प्रदिप केहि आलोचित बन्न थाले ।


एकाएक प्रोडक्टको ब्रान्डएम्बेस्डर , ५३ लाखको कार अनि प्रेसमिटमै पत्रकार माझ बडिगार्ड यस पछि त प्रदिपको राम्रो पक्ष भन्दा पनि मिडिया तथा सिनेबृत्तमा केहि कुरा काटियो । केहि मिडियाले त प्रदिपको चुरिफुरी भन्ने शिर्षकमा समाचार समेत सम्प्रेषण गरे । कुरा यतिकै सेलायो ।
यत्रो ब्रान्ड भ्यालु भएका कलाकार प्रदिप ले आशुषेन बाट निस्केर चाम्स क्याम्प मा मिलन चाम्स संग काम गरे चलचित्र लिलिबिलिमा । सबैको आशा थियो प्रेमगीत २ भन्दा अगाडि बढे पछि प्रदिपको पर्सनालिटि अपग्रेड भयो , सोहि अनुरुप प्रेमगीत २ भन्दा लिलिबिलि व्यावसायीक रुपमा अपग्रेड हुनु पर्ने  थियाे तर त्यो हुन सकेन ।

लिलिबिलि रिलिज पछि चलचित्रका निर्देशक मिलन चाम्स , निर्माता सुदिप खड्का र स्कृप्ट राइटर प्रदिप भारद्धाज संग अहिले सम्बन्ध चिसिसकेको छ । उता प्रेमगीत १ बाटै निर्देशक सुर्दशन थापा र पुजा शर्मा संग त पानी बाराबार को सम्बन्ध पुरानो भइसकेको छ । निर्माता सन्तोष सेन संग पनि खासै राम्रो सम्बन्ध नभएको आभाष पछिल्लो दिनमा हुन थालेको छ ।
अहिले निर्माता एव बितकर गोबिन्द शाहि संग मिलेर चलचित्र लभ स्टेशनको निर्माण घोषणा गरेका छन् , के शाहि र प्रदिपको सम्बन्ध लामै समय सम्म रहला त ? यसरी नै सम्बन्ध बिगार्दै जाने हो भने प्रदिप को फिल्मी भबिष्य कस्तो होला , यो कुरा प्रदिपले समयमै सोच्नु पर्ला कि ?

खबर एक्सप्रेस