आज:  | Sat, 20, Aug, 2022

सिक्स प्याक हिरोहरु बिचमा एउटी रानी

२०७५, २१ जेष्ठ सोमबार १४:२७ मा प्रकाशित ( ४ साल अघि) १२५५७ पाठक संख्या

जेठ २१ ।
चलचित्र ‘चि मुसी चि’को पोस्टर सार्वजनिक भएको छ । टौवा क्रियशनले तयार पारेको पोस्टरमा प्रमूख तीन कलाकारहरु सुनिल क्षेत्री, सुसान्त कार्की र अलिशा शर्मा रहेका छन् ।

म्यूजिकल थ्रिलर जनरामा निर्मित यस चलचित्रलाई निर्देशक दिनेश श्रेष्ठले लेखन तथा निर्देशन गरेका हुन् । अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेको यस फिल्मको कार्यकारी निर्मातामा शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन् । चलचित्रमा सुरज अधिकारीको संगीत रहेको छ ।

सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवालागयतका कलाकारहरुको अभिनय रहेको फिल्ममा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ । बासु न्यौपानेले खिचेको फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले सम्हालेका छन् ।चलचित्र श्रावण ११ बाट प्रर्दशन हुदैछ ।

खबर एक्सप्रेस