आज:  | Sat, 23, Mar, 2024

भदौ २२ गते बाट ‘धुम ३’

२०७५, २१ जेष्ठ सोमबार ०४:२९ मा प्रकाशित ( ५ साल अघि) ३८४१६ पाठक संख्या

जेष्ठ २१, २०७५ | प्रनिश खड्गी

काठमाडौं।  जेष्ठ १७ बाट निरन्तर छायांकनमा व्यस्त चलचित्र धुम ३ भाद्र २२ बाट प्रदर्शनमा आउने जनाएको छ। चलचित्र, धुम को तेस्रो सिक्वेलमा बनेको हो।

निर्माण टोलीले चलचित्र नेपाली हिन्दु नारीहरुको महान पर्व तिजको अवसरमा प्रदर्शन गर्ने जनाएका छन्। ब्रबिम बस्नेत र जाहन्वी बस्नेत अभिनित यस चलचित्र निशान चिलुवालको निर्माण ब्यावस्थापनमा निर्माण भएको हो। चलचित्रको छायांकन काठमाडौं लगायत भिमाद (तनहुँ) , पोखरा, मुस्ताङ, कुलेखानी, दामन (मकवानपुर), पोखरा जस्ता देशका विभिन्न रमणीय ठाउँहरूमा गरिएको बताएका छन्।

पछिल्लो चलचित्र ‘धुम २’ को झलक

चलचित्रमा एलीना रायमाझी लगायत दिनेश डिसि, शोभित बस्नेत, जयकिसन बस्नेत, बिष्णु सापकोटा, उत्तम केसी, विपना बस्नेत, लय संग्रौला, विपन खत्री, सिमरन कार्की, रोजन फूँयाल, प्रज्वल गिरी, देश नरेश अधिकारी, माधव केसी, तेजा ऐर, रामजी राउत, ज्ञानकुमार कट्टेल, कृष्ण शिवाकोटी, सपना श्रेष्ठ र जिके श्रेष्ठलगायतको अभिनय रहेको छ।

यसै गरी जीवन श्रेष्ठको छायांकन रहेको धुम ३ तुल्सी बास्कोटाले सम्पादन रहेको छ भने चलचित्रमा टंक बुढाथोकीको गीत तथा संगीत, हिमाल केसीको द्वन्द, कबिराज गहतराजको नृत्य तथा सुमन शंकरको सृँगार रहेको छ। चलचित्रको निर्माण, निर्देशन तथा लेखन जयकिसन बस्नेतले गरेका हुन्।

खबर एक्सप्रेस